मोटरसाइकल दुर्घटना, श्रीमान श्रीमतीको घटनास्थलमै मृत्यु
कैलाली । मोटरसाइकल दुर्घटना हुँदा अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा ढकालको निधन भएको छ ।
बुधवार साँझ कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ मा पर्ने कुइने चिसापानी सडक खण्डको पितमारीमा दुर्घटना भएको हो । ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल सडकबाट दुई सय मिटर तल कर्णाली नदीमा खसेको थियो । उनीहरू अछामबाट बर्दियाको भुरीगाऊँ तर्फ आइरहेका थिए ।
बुधवार साँझ करिब सात बजेतिर नदीमा खसेका दुवै जनालाई मोटर बोट र र्याफ्टिङको सहायताले उद्धार गरिएको थियो। मृतकका शव टीकापुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।
मृतक ढकालका दुई छोरा एक छोरी बर्दियाको भुरीगाऊँमा बसेका छन् । ढकाल दम्पत्ती अछामको विनायक बजारमा बिजुली पसल राखेर विद्युतको काम गर्दै आएका थिए । मृतकका बुवा मोतीराम ढकालको पनि पाँच वर्षअघि अछाममा बस दुर्घटनामा परी ज्यान गएको थियो ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
