युगान्डा जाँदै प्रधानमन्त्री दाहाल
जानकारी केन्द्र
२०८०, पुष, २६
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा जाने भएका छन् । युगान्डाको राजधानी कम्पालामा हुने लागेको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औं शिखर सम्मेलनमा भाग लिन उनी युगान्डा जान लागेका हुन् ।
प्रधानमन्त्री दाहाल माघ ४ गतेदेखि ६ गतेसम्म हुने शिखर सम्मेलनमा सहभागी हुन माघ ४ गते कम्पाला जाने कार्यक्रम तय भएको छ ।
यस्तै, असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकमा भाग लिन परराष्ट्रमन्त्री एनपी साउद पनि युगान्डा जाने कार्यक्रम छ । यो बैठक माघ ३ गतेदेखि ४ गतेसम्म हुनेछ ।
यसैगरी, उच्च पदाधिकारीहरूको बैठक भने माघ १ गतेदेखि २ गतेसम्म हुनेछ । यो बैठकका लागि परराष्ट्र सचिव सेवा लम्साल जाने तयारी छ ।
सम्बन्धित समाचार
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

