• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, भदौ २८, २०८२
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

२०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

राष्ट्रपति पौडेलद्धारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते तोकियो नयाँ निर्वाचनको मिति

सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का

२०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

  • १०. प्रचण्ड निवासमा आगजनी

कफीखेतीमा गवारोको प्रकोप

गुल्मी । चिसो मौसम सुरु भएसँगैै गुल्मीमा कफीखेतीमा गवारोको प्रकोप देखिएको छ । गवारोका कारण किसानले लगाएका अधिकांश कफीका बोट मर्न थालेका छन् ।

चिसो मौसममा बढी मात्रामा तुसारो पर्ने र गवारो प्रकोप देखिने भएकाले किसानलाई कफीका बिरुवा र बोट जोगाउन समस्या भएको कफी विकास केन्द्र, आँपचौरका प्रमुख जीवन आचार्यले जानकारी दिएको छ । कफीमा पर्याप्त मात्रामा छहारी नहुँदा चिसो मौसममा गवारोले आक्रमण गर्ने गरेको उनले बताए ।

“तुसारो र गवारोबाट जोगाउन कफीका बिरुवा र बोटलाई छहारी दिने खालका रुख तथा बिरुवा लगाउनुपर्छ”, प्रमुख आचार्यले भने ।

कफीखेतीबाट मनग्य आम्दानी हुने हुँदा किसानले कफीखेतीलाई व्यावसायिकरूपमा अघि बढाउन थालेका छन् । स्थानीय पालिकाले पनि व्यावसायिकरूपमा कफीखेती गर्ने किसानलाई बिरुवामा अनुदान उपलब्ध गराउने नीति बनाएका छन् । तर छहारी र सिँचाइ अभावमा कफीका बिरुवा जोगाउन मुस्किल भएको किसानको गुनासो छ ।

रुरुक्षेत्र गाउँपालिका–१ अन्तर्गत भड्कुवाकी मना भट्टराईले चिसो मौसम सुरु भएपछि कफीका बिरुवा मर्ने र फल्ने समयमा सेतो गवारोले सताउने गरेको बताए । तुसारो र छहारीको समस्याका कारण अधिकांश कफीका बोटमा पात पहेँलो हुने र बोट विस्तारै सुक्दै जाने समस्या देखिएको उनको भनाइ छ ।

लामो समयदेखि व्यावसायिकरूपमा कफीखेती गर्दै आएका मुसिकोट नगरपालिका–३ का पदमपाणि घिमिरेको समस्या पनि भट्टराईको जस्तै छ । उनको बगैँचामा अहिले सात सयभन्दा बढी कफीका बोट छन् । कफी बगैँचामा गवारोको प्रकोप देखिन थालेपछि घिमिरले प्राविधिकलाई समस्याबारे जानकारी गराएको बताए ।

जिल्ला सदरमुकाम र स्थानीय पालिकामा आयोजना हुने कफीका कार्यक्रममा अधिकांश कफी किसानले गवारो कफीखेतीका लागि मुख्य समस्या भएको भन्दै गुनासो गर्ने गरेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गुल्मीका प्रमुख गङ्गाकुमारी पोख्रेलले जानकारी दिए । केन्द्रले जिल्लामा कफीखेतीबाट कसरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिन्छ भनेर किसानलाई बिरुवामा अनुदानका साथै प्राविधिक ज्ञान र सीप उपलब्ध गराउँदै आएको छ ।

किसानले गरेको मेहनतको आधारमा कफीबाट सोचेजस्तो प्रतिफल हात पार्न नसकेको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताए । कफी किसानले कफीका बिरुवामा अनुदान दिनुभन्दा बरु एउटा ज्यामी बराबरको पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग गर्दै आएका छन् ।

गुल्मीमा हाल दुई सय ४१ हेक्टर क्षेत्रफलमा कफीखेती गरिएको छ । यस वर्ष जिल्लामा ३० मेट्रिक टन कफी उत्पादन भएको छ । जिल्लामा फ्रेसचेरी कफीको मूल्य प्रतिकिलो एक सय, ड्राइचेरीको एक सय ५० र पार्चमेण्ट कफीको मूल्य प्रतिकिलो पाँच सय रहेको छ । पछिल्लो समयमा गुल्मीमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कफी सुपरजोन, कफी विकास केन्द्र आँपचौर, कफी अनुसन्धान केन्द्र भण्डारीडाँडालगायत स्थानीय तहले समेत जिल्लामा कफीको अनुसन्धानसँगै कफीखेती विस्तारमा काम गर्दै आएका छन् । जिल्लामा एक हजार आठ सयभन्दा बढी किसान र विभिन्न सङ्घसंस्था कफीखेतीमा संलग्न रहेको बताइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने
    रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्
    मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

    ताजा

    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

    मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

    आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने
    • रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्
    • मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम
    • आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु
    • मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.