पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक–एक रुपैयाँ घटाएको हो । इन्डियन आयल कर्पोरेसनबाट हिजो मूल्य घटेर आएपछि निगमले मूल्य घटाएको हो ।
भारतबाट पेट्रोल प्रतिलिटर १ रुपैयाँ २६ पैसा र डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर ८३ पैसा घटेर आएकाले यही आधारमा मूल्य समायोजन गरी १ रुपैयाँ घटाइएको निगमले जनाएको छ।
पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६३ रुपैयाँ ५० पैसा र डिजेलको मूल्य १ सय ५३ रुपैयाँ ५० पैसा कायम भएको छ ।
दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६५ र डिजेलको मूल्य १ सय ५५ रुपैयाँ कायम भएको छ । यस्तै, तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६६ र डिजेलको मूल्य १ सय ५६ रुपैयाँ कायम भएको निगमले जनाएको छ । यसअघिको ग्यासको मूल्य भने प्रतिसिलिण्डर १८ सय ९५ रुपैयाँ नै रहेको छ ।
सम्बन्धित समाचार
ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकबीच एनपीएल सिजन ३ का लागि विशेष साझेदारी
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
