मेलम्चीको पानी धारामा आएन ? यी नम्बरमा गर्नुहोस् गुनासो
काठमाडौं । सरकारले गत सोमबार विधिवत् रूपमा काठमाडौं उपत्यकामा वितरण थालेको मेलम्ची खानेपानी तपाईंको धारामा नखसेर हैरान त हुनुहुन्न ? ठूलो पानी आएकाले थेग्न नसकेर कतै चुहावट पो भइरहेको छ कि ? धमिलो पानी आएकाले प्रयोग गर्ने कि नगर्ने भन्ने द्विविधा पनि पलाएको हुन सक्छ ।
मेलम्ची खानेपानी सम्बन्धमा उपभोक्ताको तर्फबाट आउन सक्ने यस्तै समस्यालाई मध्यनजर गरेर सरकारले समस्या समाधान सहजीकरण समिति गठन गरेको छ ।
खानेपानी मन्त्रालयले गत पुस २८ को मन्त्रीस्तरीय निर्णयबाट मेलम्ची खानेपानी विकास समितिका सिडिई पदमबहादुर कुँवरको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो ।
समिति सदस्यमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका उपप्रबन्धक उमेशबाबु मरहठ्ठा, आयोजना कार्यान्वयन निर्देशनालयका सिडिई विकेश बधानथ्याचे र केयुकेएलका दीपेश ढकाल छन् ।
खानेपानी मन्त्रालयका अनुसार, मेलम्चीको खानेपानी सन्तुलित रूपमा वितरण भए/नभएको, पानी वितरणका क्रममा कुनै स्थानमा चुहावट भएको, पानी नआएकोलगायत समस्या उपभोक्ताले यो समितिसमक्ष राख्न सक्नेछन् ।
मन्त्रालयले समितिका संयोजक र सदस्यको मोबाइल नम्बर सार्वजनिक गर्दै मेलम्चीको खानेपानीसम्बन्धी कुनै समस्या आएमा तत्काल सम्पर्क गर्न उपभोक्तालाई आग्रह गरेको छ ।
मन्त्रालयले विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम नै पानी प्रशोधन गरी प्रसारण गरिएको प्रष्ट पारेको छ । मेलम्चीको खानेपानी धमिलो आएपछि यसको शुद्धतामाथि प्रश्न उठेको छ ।
मन्त्रालयका अनुसार, मेलम्ची खानेपानीको पुराना वितरण लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा माटोका अवशेषका कारण धमिलो पानी धारामा पुगेको हो । फ्लसिङ गरिएकाले छिट्टै पाइपमा शुद्ध पानी प्रवाह हुनेछ ।
मेलम्ची खानेपानी सर्वसुलभ रूपमा उपत्यकाबासीको घर घरमा सन्तुलित र समानुपातिक हिसाबले वितरण गर्न प्रतिबद्धता पनि मन्त्रालयले व्यक्त गरेको छ ।

सम्बन्धित समाचार
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
