युगाण्डाबाट फर्किएलगत्तै पार्टी एकताको लागि ओलीसँग निर्णायक वार्ता गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी !
काठमाडौं । एमालेको समर्थनमा पुष १० गते प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई महिना नपुग्दै एमालेको साथ छोडेर कांग्रेससँग गठबन्धन बनाएको र सरकारको नेतृत्व गरेको एक वर्ष पूरा भएको छ । गत पुष १० गते नै एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री दाहाले देश र जनताको नाममा सम्बोधन गरिसकेका छन् ।
उनले यो एक वर्षको अवधिमा आफूले गरेका कामको फेहरिस्त पनि सार्वजनिक गरिसकेका छन् । कांग्रेससहितको गठबन्धनमा भएको सहमतिअनुसार प्रचण्डले अझै एक वर्ष सरकारको नेतृत्व गर्नेछन्। बरु, यो बीचमा मन्त्रिपरिषद् पूनर्गठनको लागि गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको छ। यही माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनको लागि सिट बाँडफाँड गर्नुअघि प्रचण्डले राष्ट्रियसभामा एमालेलाई पनि समेट्ने भनेर गठबन्धनमा राखेको प्रस्तावले भने गठबन्धनभित्र हलचल पैदा भएको छ ।
एमालेलाई पनि साथमै लिएर जाँदा टिआरसी टुँगो लगाउन सहज हुने र यथास्थितिवादीहरुसँग परिवर्तनकारी शक्तिहरु मिलेर जुध्न सकिने प्रचण्डको प्रस्ताव थियो । यसमा कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका अध्यक्ष उपेन्द्र यादव राजी भएका थिए । तर, एमालेबाट विभाजन भएर नयाँ पार्टी खोलेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल भने रुष्ट थिए । एमालेले ६ सिट मागेको चर्चा चलेको थियो ।
तर, माधव नेपालसहितका केही नेताहरुको असहमतिका कारण र पछि देउवाको पनि अडानका कारण गठबन्धनभित्रै सिट बाँडफाँडको सहमति भएको छ । यो बीचमा एमालेसँग एकता गरेर जाने निश्कर्षमा प्रधानमन्त्री प्रचण्ड पुगेको चर्चा चल्न थालेको छ। विगतमा दोस्रो तहका नेताहरु साथै राखेर एकता गरी नेकपा बनाएका प्रचण्ड र ओलीले यसपटक भने एक्लाएक्लै छलफल गरेको चर्चा छ । स्रोतकाअनुसार प्रचण्डले ओलीसँग विगतमा भएका गल्ती कमजोरीबाट पाठ सिक्दै वामपन्थीहरुबीच एकता नगरी नहुने निश्कर्षमा आफू पुगेको भन्दै एकताको लागि प्रस्ताव गरेका छन् ।
ओली पनि एकताको लागि राजी छन् । प्रधानमन्त्री दाहाल भोलि युगाण्डा जाँदैछन् । उताबाट फर्किएलगत्तै पार्टी एकताको लागि ओलीसँग निर्णायक वार्ता गर्ने तयारी गरेका छन् । कांग्रेसभित्र प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने आवाज उठ्न थालेको र जुनसुकै बेला कांग्रेसबाट धोका हुनसक्ने संकेत पाएपछि प्रचण्डले एमालेसँग सहकार्यको लागि हात अघि बढाएको चर्चा एमालेभित्र पनि चल्न थालेको छ ।
एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले प्रचण्डले अहिलेपनि पार्टी एकताको लागि आफ्नो अध्यक्ष ओलीकहाँ दूतहरु पठाउन थालेको दाबी गरेका छन् । प्राइम टिभीको चर्चित कार्यक्रम जनता जान्न चाहन्छनमा उनले यस्तो दाबी गरेका छन् । प्रधानमन्त्री दाहालले हालै चिनियाँ नयाँ वर्षको अवसरमा नेपालस्थित् चिनियाँ दूतावासले आयोजना गरेको विशेष कार्यक्रममा ताईवानबारे दिएको अभिव्यक्तिले पनि नेपालमा वामपन्थीहरुबीच एकताको लागि गृहकार्य थालिएको चर्चा हुन थालेको छ ।
प्रधानमन्त्री दाहालले ताइवान चीनको अंग हो र नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्धत रहेको भनेर बोलेका छन् । नेपालमा वामपन्थीहरुलाई एकताबद्ध बनाउन चीन लागिपरेको भनेर चीनमाथि आरोप पनि लाग्ने गरेको छ ।
प्रधानमन्त्री प्रचण्ड असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि युगान्डा गणतन्त्र प्रस्थान गर्दै छन् । सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म युगान्डा गणतन्त्रको राजधानी कम्पालामा हुदैछ । सम्मेलन सकेर उनी माघ ७ गते स्वदेश फर्किने कार्यतालिका रहेको परराष्ट्र मन्त्रायले जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
