नवौँ राष्ट्रिय खेलकुदकी रजत पदक विजेता एपीएफकी बक्सिङ खेलाडी गोसाई मृत फेला
जानकारी केन्द्र
२०८०, माघ, ४
काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) की सिपाहीसमेत रहेकी बक्सिङ खेलाडी निता गोसाई मृत फेला परेकी छन्।
२८ वर्षीया गोसाई भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मंगलबार साँझ ८ बजे आफ्नै तीन तले घरको छतमा रहेको जस्ताको डन्डीमा पासो लागेको अवस्थामा गोसाई मृत भेटिएकी हुन्।
गोसाई मृत फेला परेपछि प्रहरीले एक पुरूषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। गोसाईका परिवारले ती पुरूषविरूद्ध आत्महत्या दुरूत्साहन कसुरमा जाहेरी दिएका थिए।
गोसाईको केही समयपछि विवाह गर्ने तयारी रहेको पनि पारिवारिक स्रोतले जनाएको छ ।
नवौँ राष्ट्रिय खेलकुदमा उनी ५४ केजी तौल समूहमा रजत पदक जित्न सफल भएकी थिइन्।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

