Jankari Kendra
९ कार्तिक २०८३, आईतवार

नवौँ राष्ट्रिय खेलकुदकी रजत पदक विजेता एपीएफकी बक्सिङ खेलाडी गोसाई मृत फेला

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, माघ, ४
नवौँ राष्ट्रिय खेलकुदकी रजत पदक विजेता एपीएफकी बक्सिङ खेलाडी गोसाई मृत फेला

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) की सिपाहीसमेत रहेकी बक्सिङ खेलाडी निता गोसाई मृत फेला परेकी छन्।

२८ वर्षीया गोसाई भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मंगलबार साँझ ८ बजे आफ्नै तीन तले घरको छतमा रहेको जस्ताको डन्डीमा पासो लागेको अवस्थामा गोसाई मृत भेटिएकी हुन्।

गोसाई मृत फेला परेपछि प्रहरीले एक पुरूषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। गोसाईका परिवारले ती पुरूषविरूद्ध आत्महत्या दुरूत्साहन कसुरमा जाहेरी दिएका थिए।

गोसाईको केही समयपछि विवाह गर्ने तयारी रहेको पनि पारिवारिक स्रोतले जनाएको छ ।

नवौँ राष्ट्रिय खेलकुदमा उनी ५४ केजी तौल समूहमा रजत पदक जित्न सफल भएकी थिइन्।

Top Changing Nepal

युट्युब सट्स