शोएब मलिकलाई शुभकामना दिँदै सानियाले भनिन्- ‘गोपनीयतामा ध्यान दिनुहोस्’
एजेन्सी । सानिया मिर्जाको परिवारले आइतबार भारतीय टेनिस स्टार र शोएब मलिकको सम्बन्धविच्छेद भएको पुष्टि गरेको छ । शोएब मलिकले एक दिनअघि पाकिस्तानी अभिनेत्री सना जावेदसँग विवाहको घोषणा गरेका थिए ।
सानियाको परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सानियाले आफ्नो व्यक्तिगत जीवनलाई सधैँ जनताको नजरबाट टाढा राखेकी छिन् । तर, आज उनको र शोएबको केहि महिनाअघि डिभोर्स भएको कुरा बताउन आवश्यक भएको छ । उनले शोएबलाई उनको नयाँ यात्राको लागि शुभकामना दिएकी छन्।’
विज्ञप्तिमा भनिएको छ, ‘उहाँको जीवनको यस संवेदनशील अवधिमा हामी सबै प्रशंसक र शुभचिन्तकहरूलाई कुनै पनि प्रकारको अड्कलबाजीमा नलाग्न र गोपनीयताको लागि उहाँको आवश्यकतालाई सम्मान गर्न अनुरोध गर्न चाहन्छौं ।’
४१ वर्षीय शोएब मलिकले शनिबार सानासँगको आफ्नो विवाहको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । सामाजिक सञ्जाल ‘X’ मा आफ्नी नयाँ पत्नीसँगको तस्बिर पोस्ट गर्दै शोएबले लेखेका छन्, ‘हामीले तिमीलाई जोडी बनाएका छौं ।’
सानिया र शोएबले अप्रिल २०१० मा हैदरावादमा विवाह गरेका थिए र दुवै दुबईमा बस्थे । सानिया र शोएबको यो ‘हाइ प्रोफाइल’ जोडीलाई लिएर दुवै देशका खेल प्रेमीहरु बीच निकै चासो थियो तर उनीहरुको सम्बन्धविच्छेदसँगै यसको अन्त्य भएको छ ।
सन् २०२२ देखि उनीहरुको सम्बन्धमा दरार आएको खबर आएको थियो र पछिल्ला दुई वर्षमा उनीहरु दुबैसँगै देखिएका थिएनन् । केहि समयअघि शोएबले सानियालाई इन्स्टाग्राममा अनफलो गरेका थिए । शोएब र सानियाको पाँच वर्षको छोरा पनि छ, जो सानियासँगै बस्छन् ।
३७ वर्षीया सानियाको सामाजिक सञ्जाल पोस्टले पनि उनी तनावमा रहेको संकेत गरेको छ । करिब एक साताअघि उनले इन्स्टाग्राममा पोस्ट गरेकी थिइन्, ‘जब कुनै कुराले तपाईको शान्तिमा बाधा पुग्छ, त्यसलाई जान दिनुहोस् ।’
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
