सातै प्रदेशमा शान्तिपूर्ण मतदान सम्पन्न, नतिजा आजै आउने
काठमाडौ । राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत भएको मतदान सकिएको छ । सातै प्रदेशमा मतदान शान्तिपूर्ण रुपमा सकिएको हो ।
फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रिय सभा सदस्य पदमध्ये १९ पदका लागि सातै प्रदेशमा शान्तिपूर्ण मतदान सम्पन्न भएको हो । निर्वाचन आयोगले बिहान नौ बजेदेखि ३ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । १९ पदका लागि ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका थिए ।
मतदान सकिएको कोशीमा २ पालिका प्रमुखसहित ३ जना मतदानमा अनुपस्थित हुँदा मधेशमा एक सांसदले मतदान गरेका छैनन् भने बागमतीमा काठमाडौंका मेयर बालेन शाह र हाम्रो नेपाली पार्टीका २ सांसदले मतदान गरेनन् ।
यता गण्डकीमा सहकारी ठगीका आरोपीत बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीबाहेक सबैले मतदान गरेका छन भने लुम्बिनीमा २ पालिका प्रमुखले मतदान नगरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै कर्णालीमा भने शतप्रतिशत मतदान भएको छ ।
सुदूरपश्चिममा धनगढीका मेयर गोपाल हमाल र भजनीका उपमेयर राजु तिरुवाले राष्ट्रियसभा निर्वाचनमा मतदान गरेनन् । हमाल स्वतन्त्र निर्वाचित हुन् भने तिरुवा नागरिक उन्मुक्तिबाट निर्वाचित हुन् ।
मतदान सकिएसँगै सातै प्रदेशमा आजै नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्षले मतदान गरेका हुन्
सम्बन्धित समाचार
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

