सर्लाहीमा १६ वर्षीया किशोरी आफ्नै कोठामा मृत भेटिइन्
सर्लाही । सर्लाहीमा एक किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् । जिल्लाको लालबन्दी १६ (परवानीपुर) बस्ने ज्ञानबहादुर थापाकी १६ वर्षीया छोरी अन्जली शुक्रबार बिहान उनकै कोठामा मृत भेटिएकी हुन् । अञ्जलीले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ ।
यद्यपी, आत्महत्याको कारण खुलेको छैन । परिवारले अञ्जली आफ्नै कोठामा सलको पासोमा झुण्डिएको बताएका छन् । अञ्जलीको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ । घटनाका बारेमा पोष्टमार्टमपछि थप जानकारी प्राप्त हुने प्रहरी निरिक्षक हरिबोल केसीले बताए ।
प्रहरीका अनुसार अञ्जलीकी आमाले छोरीलाई पासोमा देखेपछि त्यसलाई खोलेकी थिइन् । त्यसपछि मात्रै परिवारले प्रहरीलाई खबर गरेका थिए । घटना शंकास्पद रहेको भन्दै प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । अन्जली लालबन्दीस्थित जनज्योती उच्च माविमा कक्षा १२ मा पढ्दै थिइन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
