रौतहटमा दाइजो नदिएको निहुँँमा एक महिलाको हत्या
रौतहट । रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ४ गढवामा दाइजो नदिएको निहुँमा एक विवाहित महिलाको हत्या भएको छ । बिहेमा नगद रुपैयाँ कम दिएको, सुत्ने खाट, कुर्सी लगायत फर्निचर नदिएको भन्दै यातना दिँदै आएको ससुराल पक्षले छोरीको हत्या गरेको मृतकका आमाबुबाले आरोप लगाएका छन् ।
सामाजिक परम्परा अनुसार २०७७ साल जेष्ठ महिनामा विवाह गरेका रौतहट जिल्लाको मौलापुर नगरपालिकाको बौधामा साबिक घर भई हाल गौर नगरपालिका ४ मा बस्दै आएका बिजुली बैठाका छोरा सुनिल बैठाले आफ्नी आमासँग मिलेर २१ वर्षीया छोरी पुनमदेवी बैठाको शुक्रबार हत्या गरेको मृतकको बुवा संजय बैठाले बताएका छन् ।
भारतको मोतिहारी जिल्ला रुसुलपुर घर भई हाल काठमाडौंमा व्यापार गरी बस्दै आएका बैठाले गौरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाइजोको विषयलाई लिएर छोरीलाई सधैं कुटपिट गर्दै आएका ज्वाइँ सुनिल बैठा र छोरीकी सासूले मिलेर हत्या गरेर घरमा झुन्ड्याएको दाबी गरेका छन् ।
छोरीलाई पटक पटक लोग्ने, सासू र ससुराले दाइजो माग गर्न मानसिक, शारीरिक यातना दिने गरेकोले काठमाडौं प्रहरीमा उजुरी समेत दिएको उल्लेख गर्दै ससुरा बिजुली बैठाको इशारामा यस्तो घटना मृतक महिलाकी आमा सीता देवीले बताइन् ।
मृतकको १६ महिनाको छोरा समेत रहेका छन् । उनको माइती पक्षले दोषीलाई कानुनी कारबाही गर्न माग गरेको छ । सुत्ने कोठामा रहेको खाट नजिक दुवै खुट्टा भुईँमा छोएको र घाँटीमा सलले बाँधिएको अवस्थामा शव फेला परेकाले उनलाई हत्यापछि झुन्ड्याइएको माइती पक्षको आरोप छ ।
हत्यामा संलग्न रहेको भन्दै ज्वाइँ र उनका आमाबुवाविरुद्ध जाहेरी दरखास्त लिएर जिल्ला प्रहरी कार्यालयमा जाँदा प्रहरीले जाहेरी लिन नमानेको उनीहरूको दुखेसो छ । न्युज कारखाना
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
