शहिद दिवसमा सार्वजनिक बिदा नहुने
काठमाडौं । सरकारले यस पटक शहिद दिवसमा सार्वजनिक बिदा नदिने भएको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको ८० सालको पर्व तथा सार्वजनिक बिदा सम्बन्धी सूचीमा समेत शहिद दिवसको बिदा कटौती गरेको थियो । सूचनामा यस माघ महिनामा १ गते माघी पर्व, माघ २७ सोनम ल्होसारको बिदा हुने गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयलका अनुसार आगामी १६ माघमा पर्ने शहिद दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने तर सार्वजनिक बिदा भने नदिने निर्णय भएको गृह मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी एकदेव अधिकारीले जनाएका छन् ।
सरकारले यो वर्ष शहिद दिवसमा सार्वजनिक बिदा नदिने निर्णय गरेको छ । यो साल जम्मा ८९ दिनमात्र सार्वजनिक विदा दिने छ । ६७ दिन सबैका लागि विदा र २२ दिन विभिन्न धार्मिक र सांस्कृतिक विदा दिने निर्णय गरेको हो ।
भोलि मंगलबार १६ गते शहीद दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने तर सार्वजनिक बिदा भने नदिने निर्णय भएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए । उनका अनुसार शहिद दिवस देशभरि मनाइने तर सरकारी कार्यालय सबै यथावत खुल्ने र सेवा प्रवाह हुनेछ ।
कटौती गरिएका बिदाहरू
गणतन्त्र दिवस, लोकतन्त्र दिवस, राष्ट्रिय एकता दिवस, सहिद दिवस र राष्ट्रिय प्रजातन्त्र दिवस रहेको छ । अब लोकतन्त्रका नाममा संविधान दिवसमा मात्र सार्वजनिक बिदा दिइने मन्त्रिपरिषदले निर्णय गरेको छ ।
संविधान दिवसलाई राष्ट्रिय उत्सवका रूपमा मनाइनेछ । अब संविधान दिवस बाहेक अरू दिवसमा समारोह हुन्छ, तर सार्वजनिक बिदा नहुने मन्त्रिपरिषदले निर्णय गरेको छ ।
सम्बन्धित समाचार
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
