इ-सेभेन भिषामार्फत दक्षिण कोरियामा कामदार पठाउने तयारी, मासिक चार लाख तलव
काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य दक्षिण कारियामा इ-सेभेन भिसा खोल्ने तयारी भइरहेको छ । हाल कोरियाले ईपिएस प्रणालीमार्फत नेपाली कामदार लैजाने गरेको छ । बर्षेनि दश हजार बढी दक्ष नेपाली कामदार इ-सेभेन भिषामार्फत दक्षिण कोरिया पठाउने विषयमा सरकारले छलफल अघि बढाएको छ । इ सेभन भिषा कुनै निश्चित क्षेत्रमा विशेषज्ञता वा प्राविधिक सिप हासिल गरेका दक्ष कामदारहरुलाई दिइने छ ।
नेपालले इ-सेभेन भिषा खुला गरेमा निजी क्षेत्रका मेनपावर कम्पनीहरुले नेपाली दक्ष कामदारलाई कोरिया पठाउने छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार इलेक्ट्रोनिक्स, मेकानिकल इन्जिनियरिङ, हार्डवेयर र सफ्टवेयर विकास, केयर गिभररहस्पिटालिटी लगायत विभिन्न क्षेत्रमा विशेषज्ञता भएका व्यक्तिहरूलाई इ सेभेन भिषा मार्फत कोरिया पठाईनेछ ।
इ-सेभेन भिषामा जाने कामदारले परिवार पनि सँगै लैजान पाउनेछन् ।
यस्तो भिसा अवधि सुरूमा तीन वर्ष र विशेष अवस्थामा पाँच वर्षसम्म हुनेछ भने करार अवधि पनि असीमित हुने मन्त्रालयले जनाएको छ । यो भिषामा न्यूनतम पारिश्रमिक करिब चार लाख नेपाली रूपैयासम्म हुनेछ । यो भिषामा अन्य सेवा सुविधासहित बीमा लगायत सुविधा पनि रोजगारदाताले उपलब्ध गराउने छ ।
सम्बन्धित समाचार
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
