Jankari Kendra
९ कार्तिक २०८३, आईतवार

ट्रकले मोटरसाइकललाई दियो ठक्कर, २० वर्षीय युवाको निधन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, माघ, १९
ट्रकले मोटरसाइकललाई दियो ठक्कर, २० वर्षीय युवाको निधन

काठमाडौं । ट्रकले मोटरसाइकललाई ठक्करदिदा मकवानपुरमा एक युवाको मृत्यु भएको छ । २० वर्षीय मोटरसाइकल चालक कोरेस चेपाङको मृत्यु भएको हो ।

बिहिबार बेलुका ८ बजेतिर मनहरी गाउँपालिका ६, सुनादेवी मन्दिर अगाडि ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा ज्यान गुमाउने चेपाङ चितवनको माडी नगरपालिकाका स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ ।

चितवनबाट हेटौँडातर्फ जाँदै गरेको ट्रकले विपरीत दिशामा मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Top Changing Nepal

युट्युब सट्स