Jankari Kendra
१० आश्विन २०८३, शनिबार
Worldlink

भ्रष्टाचारको विरुद्धमा काठमाडौंमा प्रभु साहको शक्ति प्रदर्शन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, माघ, २०
भ्रष्टाचारको विरुद्धमा काठमाडौंमा प्रभु साहको शक्ति प्रदर्शन

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीको उपत्यका संयोजन समितिले आज काठमाडौंमा भ्रष्टाचारको विरुद्धमा शक्ति प्रदर्शन गरेको छ। भ्रष्टाचारविरुद्ध खबरदारी र्याली नाम दिएर आजपाका नेतारकार्यकर्ताहरुले आज (शनिबार) काठमाडौंमा मोटरसाईकल र्याली निकालेका हुन् ।

“भ्रष्टाचारीलाई कारबाही गर, जनता लुट्न पाईदैन, लुटकारी व्यवस्था चाहिँदैन” भन्ने नारासहित निकालिएको उक्त र्याली थापाथलीबाट त्रिपुरेश्वर हुँदै रत्नपार्कमा पुगेर समापन भएको हो ।

भ्रष्टाचारले आम जनता आजित भएको र देश बर्वाद भईरहेको सन्दर्भमा युवाहरुले भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेर साहसिक कदम चालेको आजपाका अध्यक्ष प्रभु साहको भनाई छ । उनले युवाहरुको उक्त सराहनीय कार्यले आम जनसमुदायमा भ्रष्टाचारविरुद्ध लड़ने आत्मबिश्वास जागृत गर्ने र भ्रष्टाचारीलाई कारवाहीको लागि राज्यमाथि दबाब सिर्जना हुने विश्वास पनि लिएका छन् ।

 

 

 

 

 

Top Changing Nepal

युट्युब सट्स