सरकारको गलत नीतिले मुलुक कमजोर भयो : ओली
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको गलत नीतिका कारण मुलुक कमजोर भइरहेको बताएका छन् । मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर हुनुमा पनि गठबन्धन सरकारको गलत नीति नै मुख्य कारण रहेको उनले जिकिर गरे।
शनिबारदेखि काठमाडौंको टुँडिखेलमा सुरु युवा महोत्सवमा उनले सरकारप्रति असन्तुष्टि व्यक्त गरे । रेमिट्यान्सका भरमा मुलुक चल्ने विषय खतरनाक हुने भए पनि सरकार त्यसैमा आनन्द मानेर बसिरहेको उनको भनाइ छ । युवालाई उद्यमी बनाउने काममा प्रेरित गर्न नसकिएको भन्दै उनले त्यसतर्फ पनि सरकारले ध्यान नदिएको बताए ।
“गठबन्धनवालाहरूको नीति नै गलत छन् । नेपाललाई शिक्षाको हब बनाउनुपर्ने, स्वास्थ्यको हब बनाउनुपर्ने । यहाँ शिक्षा र स्वास्थ्यको अवसर समाप्त पार्ने काम भइरहेको छ,” उनले भने, “यसलाई प्राविधिक शिक्षाको हब बनाउनुपर्ने । यस्तो ठाउँमा आज शिक्षाका लागि बाहिर जाने अवस्था छ, जसको पाँच हजारभन्दा पुरानो शिक्षाको अनुभव छ । त्यो ठाउँमा शिक्षा कमजोर भइराखेको छ ।”
वर्तमान सरकारले राष्ट्रिय उत्पादनमा जोड नदिँदा मुलुक रेमिट्यान्स अर्थतन्त्रमा निर्भर हुनुपर्ने अवस्था आएको उनले बताए । देशको विकास अरू कुनै राष्ट्रले नभई आफैँले गर्नुपर्ने भएकाले त्यसतर्फ युवा अग्रसर हुनुपर्नेमा उनले जोड दिए ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

