कोशी प्रदेश सरकारले ल्याएको अध्यादेशविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । कोशी प्रदेश सरकारले सत्तारुढ र प्रतिपक्षी नेताहरुलाई सुविधा थप्ने गरी ल्याएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
अधिवक्ता कपिलदेव ढकाल र राजेन्द्र प्रसाद दंगालले उक्त अध्यादेशविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले प्रदेश सभामा पदाधिकारीको संख्या बढाउँदै उनीहरुलाई गाडीसहित सुविधा थप्ने गरी अध्यादेश ल्याएको थियो ।
प्रदेश सरकारले ल्याएको उक्त अध्यादेशलाई लिएर नेकपा (एमाले) विरोध गरेको थियो । एमालेले अध्यादेश फिर्ता नलिए प्रदेश सभाबाट फेल गराउने चेतावनीसमेत दिएको थियो ।
रिट निवेदनमा कोशी प्रदेश सरकारबाट सिफारिश भई कोशी प्रदेश प्रदेश प्रमुखबाट गत माघ ६ गते जारी भएको केहि प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेशको दफा २ को खण्ड (ख) उक्त अध्यादेशको प्रस्तावना, उक्त अध्यादेशबारे कोशी प्रदेश राजपत्रमा प्रकाशित सूचना, प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको सूचना लगायत सो सम्बन्धमा भए गरेका सम्पूर्ण काम कारवाहि प्रारम्भदेखि नै अमान्य घोषित गरी उत्प्रेषणको आदेशले बदर घोषणाको माग गरिएको छ ।
सम्बन्धित समाचार
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

