• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • ९ घण्टा 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • ९ घण्टा 

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
  • १० घण्टा 

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • १० घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १० घण्टा 

साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी
  • ११ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा 

२०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १२ घण्टा 

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश

  • २. देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने

  • ४. फोटोन मोटर्स नेपालको बुटवलमा नयाँ शोरुमको उद्घाटन, पश्चिम नेपालमा सेवा र उपस्थिति दुवै विस्तार

  • ५. कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

  • ६. एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

  • ७. जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

  • ८. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • ९. साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

  • १०. सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

इतिहास सम्झाउने दुई सय वर्ष पुरानो ठकुरीको पँधेरो

जानकारी केन्द्र २०८०, माघ, २४

गलेश्वर (म्याग्दी) । तत्कालीन पर्वत राज्यअन्तर्गत प्रमुख सामरिकस्थल हो म्याग्दीको ज्यामरुककोट । बेनी नगरपालिका–२ स्थित यस स्थलमा आजभन्दा आठ सय वर्षअघि १२औँ शताब्दीमा बस्ती बसेको थियो ।

वि.सं १२४६ मा धर्मराज थापा ज्यामरुककोटका राजा भएपछि मात्र नाम र पहिचान पाएको ज्यामरुककोट वि.सं १७४३ मा मलेबम मल्ल र उनका भाइ भर्तिबम मल्लको युद्धका कारण चर्चामा आएको गाउँ हो ।

ज्यामरुककोटको दक्षिणतर्फ पर्ने अन्तिम गाउँ हो सानालेख । यो गाउँ बागलुङका धार्मिक पर्यटकीयस्थल पञ्चकोट र पन्चासेसँग गहिरो सम्बन्ध रहेको गाउँ हो । गोश्वराको पुछारमा अवस्थित सानालेख गाउँका धेरै ऐतिहासिक तथा प्राकृतिक सम्पदा नासिसके पनि बचेको एउटा धारो (ठकुरीको पँधेरो) भने यहाँका बासिन्दाको इतिहास झल्काउने, सानालेखका पुर्खाहरूलाई सम्झाउने र गृहिणीहरूका दुःख बिसाउने माध्यम बनेको छ ।

ज्यामरुककोटे राजा भर्तिबम मल्लका सन्तति र कल्याण मल्लका बाजेहरूले वि.सं १८८६ मा गाउँलेलाई ठूलो खोलाको पानी पिउनुपर्ने समस्याबाट मुक्त गराउन यो ढुङ्गेधारो निर्माण गरेका सानालेख निवासी हरिप्रसाद शर्मा बताउँछन् ।

“यो धारोलाई ठकुरीको पँधेरो भनिन्छ । यसको इतिहास करिब दुई सय वर्ष पुरानो छ”, उनी भन्छन्,“ज्यामरुककोटे राजा भर्तिबम मल्लका सन्तानहरू यहाँ आएर बस्न थालेपछि उनीहरूकै सुविधाका लागि यो धारो निर्माण गरिएको थियो । त्यतिबेला पूरै गाउँमा यही एउटामात्रै धारो रहेकाले ठकुरीहरूले प्रयोग गरिसकेपछि मात्र सापकोटा र थापाहरूले प्रयोग गर्ने गर्दथे भन्ने भनाइ थियो ।”

स्थानीय पँधेरा र ढुङ्गेधाराहरू गाउँघरबाटै लोप हुन थालेको अवस्थामा आफूहरूले पुर्खाको चिनोका रूपमा यो ढुङ्गेधारो मर्मत र संरक्षण गर्दै अएकोे थापा बताउँछन् । “यो धारोसँग हाम्रा पुर्खाहरूको नाम र पहिचान जोडिएको छ । ढुङ्गेधारोलाई पुरानै स्वरुपमा संरक्षण गर्न नसकिए पनि मर्मत गरेर अहिलेसम्म जोगाएका छौँ”, उनी बताउँछन्, “ढुङ्गाको गौमुखे धारो हराएपछि अहिले मूल रहेको ठाउँबाट कुलेसो बनाएर पुरानै ढुङ्गा र छपनी प्रयोग गरी पाइपबाट पानी खसालेका छौँ ।”

पछिल्लो समय गाउँ–गाउँमा मोटरबाटोको पहुँच र एक घर एक धाराको अवधारणा आएपछि पँधेरा र ढुङ्गेधाराको उपयोगमा पनि कमी आएको स्थानीय बासिन्दा बताउँछन् । अव्यवस्थितरूपमा खनिएका मोटरबाटो र पाइपमार्फत घरघरमा पानी पुर्याउने होडबाजीमा कतिपय जलसम्पदा पुरिएको अवस्थामा साना लेखवासी आफ्ना पुर्खाको सम्झनाका लागि ढुङे्धारो संरक्षण गरेको बताउँछन् ।

“यो ढुङ्गेधारोसँग हाम्रा पुर्खाहरूको नाममात्रै जोडिएको छैन, हाम्रा आमा र दिदीहरूको दुःखका कथाव्यथा पनि जोडिएको छ”, स्थानीय महेन्द्र थापा चर्चा गर्छन्, “त्यसबेला अहिलेको जस्तो हातहातमा मोबाइल र घरघरमा धाराको चलन थिएन । बिहान सखारै उठेपछि पहिलो काम धारामा गएर नुहाउने र पानी लिएर घरमा आउने हुन्थ्यो । दिनभरि काममा व्यस्त हुनुपर्ने आमा दिदीहरू भेटेर दुःख सुखका कुरा गर्ने फुर्सद पनि नपाउँदा पँधेरामा पानी भर्ने बेलामै आ–आफ्ना दुःखसुखका कुरा गर्ने गर्दथे ।”

धारो निर्माणका लागि सोही बखत ठूलो खोलाबाट ल्याइएका विशाल छपनी र काला दर्शनढुङ्गाहरू अहिले पनि उस्तै अवस्थामा रहेका छन् । धारोको माथिल्लो पर्खाललाई दुईपटक मर्मत गरिसकिए पनि तल्लो भाग भने पुरानै अवस्थामा राखिएको थापा बताउँछन् । पानीले खियाउँदै लगेर तल्लो भागको मूलढुङ्गा ओखलजस्तो बनेको छ । लेउ लागेर चिप्लो बनेको तल्लो भागलाई सरसफाइ र पुनःमर्मत गर्नुपर्ने भएको हरि शर्माको भनाइ छ ।

पानी जम्मा हुने ठाउँमा चेपागाडा, भ्यागुता र माछाहरू देखिन्छन् । धारो रहेको ठाउँभन्दा तलपट्टीको खेत सधैँभरि पानीले भरिने गरेको छ । प्रशस्तै गड्यौला पाइने यहाँको माटो निकै खुकुलो भएकाले यहाँ धानबाली अरु ठाउँको भन्दा निकै राम्रो हुने गरेको स्थानीयको भनाइ छ ।

हिउँद होओस् वा वर्षा, जुनसुकै याममा पनि साँझ परेपछि यहाँ जुनकिरी नाचिरहेको देखिन्छ । पछिल्लो समय अरु ठाउँमा देखिन छोडेका जुनकिरी ढुङ्गेधारो परिसरमा भने प्रशस्तै देखिने गरेका स्थानीयवासी रघु शर्मा बताउँछन् ।

म्याग्दीका ग्रामीण भेगमा रहेका कैयौँ पधेरा र ढुङ्गेधारा लोप भइसकेका र भावी पुस्ताले यस्ता परम्परागत मौलिक सम्पदाहरू देख्न नपाउने हुँदा भएका ढुङ्गेधारा संरक्षण गर्न स्थानीय तहले नै सक्रियता देखाउनुपर्ने उनको भनाइ छ ।

यही ढुङ्गेधाराले गाउँको सौन्दर्य बचाइराखेको स्थानीय टोपबहादुर थापा बताउँछन् । “उकाली ओराली गर्दा आँत हरहर भएको बेलामा अञ्जुली थापेर ढुङ्गेधाराको पानी कलकल पिउँदा पाइने आनन्द बेग्लै हुन्छ”, उनी भन्छन् ।

पानी पँधेरो र ढुङ्गेधारोसँग गाउँको संस्कृति र सभ्यताको साइनो रहेको र ग्रामीण सभ्यताको सुरुआत नै यस्तै सम्पदाहरूबाट भएको थापा बताउँछन् ।

तीन दशकअघिसम्म यही पानी पँधेरो नै यहाँका महिलाहरूको दुःखसुख साटासाट गर्ने र पीरब्यथा कहने एकमात्र माध्यम हुने गरेको उहाँको भनाइ छ । पछिल्लो समय गाउँको सौन्दर्यमात्रै होइन आत्मीयता र सामूहिकतामा समेत सङ्कट देखापरेको स्थानीय बूढापाकाको भनाइ छ । सामूहिकरूपमा काम गर्ने गाउँलेहरूमा विश्वासको सङ्कट बढ्दै गएकाले एकाङ्कीपन बढेर आएको र उपभोक्तावादी संस्कृतिका कारण गाउँलेहरू पनि व्यापारीजस्ता बन्दै जान थालेका बेनी नगरपालिका–२ का वृद्ध खड्गबहादुर घिमिरे बताउँछन् । प्रविधिको बढ्दो प्रयोग र पश्चिमेली संस्कृतिको प्रभावका कारण गाउँको संस्कृति, मौलिकता र सम्पदा हराउँदै गएको उनको भनाइ छ ।

“पँधेरा र ढुङ्गेधारा भएको ठाउँमा जलदेवताको पूजा गर्ने गरिन्थ्यो, जलदेवताको पूजा गर्ने, गाउँभरिका मानिसहरु भेला भएर दुःखसुख साट्ने, रमाइलो गर्ने, खिर पकाएर चढाउने र प्रसादको रूपमा खाने गरिन्थ्यो”, बगरफाँटमा अर्का वृद्ध वेदप्रसाद उपाध्याय भन्छन्, “अब ती सबै परम्पराहरू हराएर गइसकेका छन् ।”

विकास, बासाइँसराइ र प्रविधिको पहुँचका कारण ग्रामीण संस्कृति र सभ्यताको क्षयीकरण हुँदै गएको अवस्था छ । विकास र प्रविधिलाई संस्कृति र सभ्यतासँग जोडेर संरक्षण गर्नुपर्नेमा उल्टो विनाश हुँदै गएको स्थानीय बुद्धिजीवीहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा

ताजा

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.