बाँसबारी जग्गा प्रकरण : सीआईबीको हिरासतबाट रिहा भए अरुण चौधरीसहित ३ जना
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित ३ जनालाई रिहा गरेको छ । काठमाडौं जिल्ला अदालतको आदेशानुसार उनीहरुलाई बुधबार रिहा गरिएको सीआईबीले जनाएको छ ।
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा योजनाबद्ध रुपमा निजी स्वामित्वमा ल्याएको विषयमा अनुसन्धान गरिरहेको सीआईबीले बिहीबार चौधरीसहितलाई पक्राउ गरेको थियो । सीआईबीले सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी, तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो ।
पक्राउ परेपछि ३ जनामाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले प्रथमपटक ४ दिनको म्याद थप गरेको थियो। ४ दिनको म्याद सकिएपछि सीआईबीले सोमबार उनीहरुलाई पुनस् म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो। तर काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको सोमबारको इजलासले व्यवसायी चौधरीसहित संजय ठाकुर र अजितनारायण सिंह थापालाई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न भनी प्रहरीका नाममा आदेश दिएको थियो।
अदालतले थप गरेको २ दिनको म्याद सकिएकाले सीआईबीले उनीहरुलाई रिहा गरेको हो। यद्यपि अनुसन्धान भने जारी रहने सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए।
‘सम्मानित अदालतको आदेशानुसार ३ जनालाई आज रिहा गरिन्छ। अनुसन्धान भने चलिरहेको छ। अनुसन्धान जारी रहन्छ,’ एसपी अधिकारीले भने।
सीआईबीले उक्त जग्गा प्रकरणका ‘अन्य’ पक्षबारे पनि अनुसन्धान सुरु गरेको छ। तत्कालीन अवस्थामा सरकारी जग्गा व्यक्तिको कायम गर्ने निर्णय प्रक्रिया संलग्नहरुमाथि पनि अनुसन्धान भइरहेको छ।
उक्त जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद एवम् अर्वपति व्यवसायी विनोद चौधरीको नाम समेत आएकाले उनलाई पनि सोधपुछ गर्ने तयारी भइरहेको सीआईबी स्रोतले जनाएको छ।
सम्बन्धित समाचार
एलजीको नयाँ एआई प्रविधिले बदल्दै घरायसी जीवन, नेपालमा सार्वजनिक भयो २०२६ को स्मार्ट उत्पादन शृंखला
पृथ्वीमा ‘अमासिया’ नामक नयाँ महामहाद्वीपको जन्म हुदाँ प्रशान्त महासागर हराउने
नेपाल आइपुग्यो लिपमोटर बी०३एक्स, छिट्टै औपचारिक लन्च हुँदै
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ मा रु.४ अर्बभन्दा बढी खुद नाफा
३०६ वर्ष पुरानो कीर्तिमान तोड्दै सबैभन्दा कम उमेरमा किशोर बने प्राध्यापक
ट्रेन्डिङ
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै

