असहायको साथमा मेयर कार्यक्रममा अनियमितता, नगरप्रमुख भन्छिन्- ‘दोषीमाथि कारबाही हुन्छ’
रौतहट । मौलापुर नगरपालिकाले सञ्चालन गरेको असहायको साथमा मेयर कार्यक्रममा अनियमितता भएको आरोप लागेको छ । असहायको साथमा मेयर कार्यक्रममा परिवारले छोरीको विवाह गरेमा ३० हजार आर्थिक सहयोग गर्ने निर्णय भएको तर यसको नगरप्रमुख रिनाकुमारी साहले आफूखुशी नजिकका मानिसहरूलाई दिने र अरूलाई यो सुविधाबाट वञ्चित गर्ने आरोप लागेको छ ।
मौलापुर नगरपालिका ८ का ठगा साहले गत वर्ष छोरीको बिहे सम्पन्न भएको तर अहिलेसम्म रकम नपाएको गुनासो गरेका छन् । उनले बिहे भएपछि वडापालिकाले सिफारिश गरेर रकम माग गरिएको तर अहिलेसम्म नपाएको बताए । उनले नगरप्रमुखको नजिकका मानिसहरूले पाउने तर टाढाकाले नपाउने गरेको आरोप लगाए ।
यो कार्यक्रममा केहिले नगरपालिकाबाट सहयोग पाएपछि किर्ते गर्न शुरू गरेको पाइएको छ । मौलापुर नगरपालिका ९ निवासी महेन्द्र राय यादवले गत वर्ष माघ २५ गते छोरीको बिहे गरेको तर अहिले उनले वडाबाट सिफारिश गरेर रकम माग गरेका छन् ।
नगरप्रमुख साहले हिजो बिहेको मिति थियो आफू रकम लिएर यादवको घरमा गएको तर गत वर्ष नै बिहे सम्पन्न भएको थाहा पाएपछि फर्केको बताइन् । वडाध्यक्ष श्यामकिशोर साहले आफूलाई झुक्याएर सिफारिश गराएको बताए ।
उनले पछि आफूले बुझ्दा गत वर्ष नै यादवले छोरीको बिहे सम्पन्न गरेका तर रकम पाउने लोभमा मिति सच्चाएर झुक्याइ सिफारिश लिएको बताए ।
नगरप्रमुख साहले घटना सार्वजनिक भएपछि यस प्रकारका कार्यहरू पहिले पनि भएको हुन सक्ने भन्दै छानबीन समिति गठन गरेर अनुदान सहयोग लिनेहरूको छानबीन गर्ने र दोषी देखिएकाहरूलाई कारबाहीको दायरामा ल्याउने बताइन् ।
नगरप्रमुख साहले भनिन्- “आफूले कसैलाई भेदभाव गरेको छैन् । वडाबाट सिफारिश भएर आएका सबै जनालाई रकम वितरण गरिएको छ ।” उनले कात्तिक र पुस महिनामा ५०/५० जना गरी १०० जनालाई रकम वितरण गरिएको बताइन् ।
सम्बन्धित समाचार
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

