• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ असार २०८३, मङ्गलबार
०९ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • ६ घण्टा 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • ७ घण्टा 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • ८ घण्टा 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • ८ घण्टा 

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
  • ९ घण्टा 

अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने
  • ९ घण्टा 

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?
  • ९ घण्टा 

विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
  • १० घण्टा 

करोडौं खर्च गरेर पोखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पको सपना असफल
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • २. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • ३. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ४. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ५. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ६. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ७. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ८. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • ९. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

गठबन्धनमा खट्पटः प्रचण्डको आक्रोशमा देउवाको अर्थपूर्ण मौनता

जानकारी केन्द्र २०८०, फाल्गुन, ३

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको पछिल्लो केन्द्रीय कमिटी बैठकमा नेता तथा कार्यकर्तामाझ सरकार र सत्ता गठबन्धन दल नेपाली कांग्रेसका गतिविधिबारे ब्रिफिङ गरे । उनले कांग्रेससँगको सहकार्य सहज ढंगले अगाडि नबढेको बताए । प्रचण्डले कांग्रेससँगको सहकार्य सोचेअनुरुप उपलब्धीमूलक र फलदायी नभएको बताए ।

कोशी प्रदेश सरकार गठनदेखि राष्ट्रिय सभा सदस्य निर्वाचनमा आइपुग्दा माओवादीले विश्वासको वातावरण निर्माण गरेर गठबन्धन अगाडि बढाउने प्रयत्न गरेपनि कांग्रेसबाट पटक–पटक धोका भएको प्रचण्डको निश्कर्ष छ ।

आफूहरु विकल्प खोज्नुपर्ने ठाउँमा पुग्नपर्ने परिस्थिति आउनसक्ने भन्दै उनले नेताहरुलाई सचेत गराए । कांग्रेससँगको सहकार्यबारे गम्भीर समीक्षा गर्नुपर्ने परिस्थिति बनेको प्रचण्डको ब्रिफिङ थियो । उसो त गत माघ ११ गत सम्पन्न भएको राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट सत्तारुढ गठबन्धन दलबाट साझा उम्मेदवार रहेकी माओवादी केन्द्रकी नेतृ चम्पा कार्कीले पराजय व्यहोरेपछि गठबन्धनका दलबीचको तिक्तता बाहिर आएको हो ।

प्रचण्डले मात्रै नभएर माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन, जनार्दन शर्मा, केन्द्रीय सदस्य एवं युवा संगठनका अध्यक्ष सुवोधराज शेर्पाली, नेता त्रिलोचन भट्ट लगायतले कांग्रेससँगको सहकार्यबारे गम्भीर समीक्षा गर्नुपर्ने बताउँदै आएका छन् ।

साथै, प्रधानमन्त्री प्रचण्ड वर्तमान मन्त्रिपरिषद्बाट सन्तुष्ट छैनन् । उनी मन्त्रिपरिषद् फेरबदल गर्न चाहन्छन् । आफ्नो पार्टीबाट सहभागी मन्त्रीभन्दा पनि कांग्रेसबाट सहभागी मन्त्रीहरुले प्रभावकारी कार्यसम्पादन गर्न नसकेको प्रचण्डको निश्कर्ष छ । मन्त्रिपरिषद् पुनर्गठन गर्ने मनस्थिति बनाएका प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवालले कांग्रेसबाट सहभागी भएका मन्त्री नचलाउन थ्रेट दिएपछि उनी ब्याक हट्नुपरेको थियो ।

त्यस्तै, कांग्रेसइत्तर समूहले वर्तमान सरकार बनेदेखि नै निरन्तर प्रचण्डको विरोध गर्दै आएको छ । सरकारमा आफ्नो पार्टी सहभागी भएको पनि बिर्सिएर कांग्रेस नेता डा। शेखर कोइराला, सशांक कोइराला, महामन्त्री गगन थापा लगायतले प्रचण्ड नेतृत्वको सरकारको चर्को आलोचना गर्दै आएका छन् । उनीहरुले प्रचण्ड नेतृत्वको सरकार असफल भएको निश्कर्ष निकाल्दै अब नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाएर अगाडि बढ्नुपर्ने अभिव्यक्ति दिँदै सत्तारुढ गठबन्धनमा हलचल ल्याउने प्रयन्तसमेत गरे ।

प्रचण्डले केन्द्रीय कमिटीमा कांग्रेससँगको सहकार्यले लाभ नभएको निश्कर्ष सुनाएको समाचारहरु बाहिरिएलगत्तै कांग्रेस नेता डा। गोविन्दराज पोखरेलले माओवादीलाई आफूहरुसँग गठबन्धन गर्दा बेफाईदा भएको हो भने पूनर्विचार गर्न सुझाव दिए ।

त्यस्तै, कांग्रेसइत्तर समूहले गठबन्धन बनाएर निर्वाचनमा सहभागी हुने कुराको निरन्तर विरोध गर्दै आएको छ । गठबन्धन बनाउँदा आफूहरु प्रीतनिधि सभामा ८९ सिटमा खुम्चिन परेको उनीहरुको भनाइ छ । चुनावपछि सरकार बनाउने प्रयोजनमा गठबन्धन हुनसक्ने तर चुनावअघिको गठबन्धन हुन नहुने इत्तर समूहको निश्कर्ष छ । त्यस्तै, माओवादीको एक समूहले पनि कांग्रेससँगको गठबन्धनले आफूहरु ३२ सिटमा सीमित भएको दाबी गर्दै आएको छ । चुनावअघिको गठबन्धनको विपक्षमा माओवादीको एउटा समूह रहेको छ ।

गत, माघ ११ मा सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनपछि सत्ता गठबन्धनका बारेमा यतिधेरै आलोचना र टीकाटिप्पणी हुँदा पनि देउवा भने मौन छन् । उसो त देउवालाई नबोलेरै काम फत्ते गर्ने नेताको रुपमा समेत चिनिन्छ । अन्य विषयमा पनि तौलिएर बोल्ने स्वभवका देउवा गठबन्धनमा आउन सक्ने हलचलका बारेमा अहिलेसम्म केही बोलेका छैनन् ।

देउवा अहिलेसम्म पाँच पटक प्रधानमन्त्री बनिसके । सत्ता गठबन्धनमा कुनै नाटकीय परिवर्तन नभएमा उनी छैठौं पटक प्रधानमन्त्री बन्ने निश्चित छ । प्रचण्डले पछिल्लो पटक सरकारको नेतृत्व गरेको १४ महिना पुगिसकेको छ । सत्तारुढ गठबन्धन दलमा भएको सहमति बमोजिम अब उनले करिब १० महिना सरकारको नेतृत्व गर्नेछन् । त्यसपछि एक वर्ष माधव नेपालले सरकारको नेतृत्व गर्नेछन् । बाँकी २ वर्ष देउवाले चुनावी सरकारको नेतृत्व गर्नेछन् ।

२०७९ मंसिर ४ गतेको प्रतिनिधि सभाको निर्वाचन देउवा नेतृत्वकै सरकारले गराएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेपछि र सर्वोच्च अदालतको फैसला बमोजिम देउवाको नेतृत्वमा सरकार गठन भएको थियो । देउवाको नेतृत्वमा सरकार गठन गर्दैगर्दा भएको सहमति तोडेर निर्वाचनपछि पनि आफैं प्रधानमन्त्री बन्न खोज्दा गठबन्धन तोडेर प्रचण्ड बालकोट पुगेका थिए । बालकोट पुगेर एमाले अध्यक्ष ओलीको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बने । अन्ततः कांग्रेस–माओवादी गठबन्धन टुट्यो । अर्को निर्वाचनसम्म कांग्रेस प्रमुख प्रतिपक्षीको हैसियतमा बस्न्पर्ने अवस्था बन्यो ।

त्यतिबेला पनि फेरि देउवा मौन देखिए । देउवाको मौनता बढ्दै जाँदा कांग्रेसका अन्य नेताहरुले भने सबै सकिएझैं रोइलो गर्न भ्याए । तर, देउवाले प्रचण्डलाई यसरी कन्भिन्स गराए कि, एक महिना पनि नपुग्दै सरकार एमाले सरकारबाट बाहिरियो । यसरी नै अबको २२ महिनापछि भागमा आउन लागेको प्रधानमन्त्री पद अर्कैको पोल्टामा जानसक्ने बुझेर देउवाले अर्थपूर्ण मौनता साधेको धेरैको बुझाइ छ ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो

ताजा

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.