मन्त्री ज्वालालाई बर्खास्त गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी, माधव नेपाल तनावमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो क्याविनेटमा रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई हटाउने भएका छन् । गत पुस १३ गते ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जानेगरि घटेको घट्नामा मन्त्री ज्वालाको दोष रहेको भनेर जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री दाहालले उनलाई हटाउने तयारी गरेका छन् ।
आयोगको प्रतिवेदन ग्रहण गरेलगत्तै प्रधानमन्त्री दाहालले मार्गप्रशस्त गर्न भनेका छन् । तर, मन्त्री ज्वाला भनेर राजीनामा नदिने पक्षमा छन् । अध्यक्ष माधवकुमार नेपालले पनि यसबारेमा प्रधानमन्त्री दाहालसँग कुरा गरेको बुझिएको छ । नेपालले आफ्नो मन्त्रीलाई यसरी नहटाउन प्रधानमन्त्री दाहालसामू दबाब बढाएका छन् ।
तर, प्रधानमन्त्री दाहालले भने आयोगको प्रतिवेदनमा नै उक्त घट्ना मन्त्री ज्वालाको लापरवाहीको कारण घटेको भन्दै राजीनामा नदिए बर्खास्त गर्ने स्पष्ट पारिसकेका छन् । आफ्नो आग्रहलाई पनि प्रधानमन्त्री दाहालले बेवास्ता गरेपछि माधव नेपाल अहिले तनावमा परेका छन् ।
एमालेका सचेतक महेश बर्तौलाले पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेका छन् । उनले बालकुमारी घट्नाको जाँचबुझ आयोगले उक्त घट्ना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको कमजोरीको कारण घटेको निश्कर्ष निकालेकोले मन्त्रीलाई आफ्नो जिम्मेवारीमा बसिरहने छुट नभएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमाफर्तन उनले मन्त्री जालाको राजीनामा मागेका हुन् । बर्तौलाले लेखेका छन्–
एक महिना पहिले दुई जना युवाको मृत्यु हुने गरि बालकुमारीमा भएको घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको कमजोरीले घटना भएको निष्कर्ष निकालेको छ। मन्त्रीकै गम्भिर कमजोरी र लापरवाहीको कारण उक्त दुखद घटना भएको सरकारी आयोगले नै निष्कर्ष निकालीसकेको अवस्थामा उहाँलाइ एक मिनेट पनि मन्त्रीको जिम्मेवारीमा बसिरहने छुट छैन । तत्काल उहाँलाइ मन्त्री पदबाट बरखास्त गरिनुपर्छ र प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अविलम्ब अगाडी बढाइनुपर्छ । यदि यती ठूलो घटनाको मुख्य दोषी मन्त्रीलाई चाँही उन्मुक्ति दिने अनि सुरक्षामा खटिएका सिपाहीहरूलाई मात्रै कारबाहीको दायरामाा ल्याउने प्रयत्न गरियो भने त्यो कदापी न्यायोचित र स्विकार्य हुने अबस्था रहँदैन । त्यसैले यस सन्दर्भमा अब सम्माननीय प्रधानमन्त्री स्वयम् पनि २४ घन्टे परिक्षामा पर्नुभएको छ्र हेरौँ रिजल्ट कस्तो आउँदो रहेछ ।
सम्बन्धित समाचार
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

