Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

जन्ती बोकेको जीप दुर्घटना : दुईको मृत्यु, १६ जना घाइते

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, फाल्गुन, ७
जन्ती बोकेको जीप दुर्घटना : दुईको मृत्यु, १६ जना घाइते

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका९१ गिरौनचौरमा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बरादी-हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

जीप अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल खसेको थियो। दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स