• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, साउन ०४, २०८२
शनिबार, साउन ०४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यातायात कार्यालय नवलपरासीबाट २८ करोड बढी राजस्व सङ्कलन

विचारको आत्मबल, नेतृत्वको आत्मविश्वास — Joint Secretary पदका लागि मदनको वैकल्पिक आवाज

एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच स्वास्थ्य उपचारमा सहकार्य, १० प्रतिशत छुट उपलब्ध

राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार, जसकाे ननस्टप १७ फिल्म भएकाे थियाे सुपरहिट

अब बेलायतमा १६ बर्षिया किशोर किशोरीले पनि मतदान गर्न पाउने

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको प्रथम शिवलिङ्गको कथा

साउनमा ३० दिन रक्सी छाडनुहोस्, चमात्कार अनुभव गर्नुहोस्

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८२ साउन ३ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ असार ३० गते साेमवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साल असार २९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार ३२ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. गर्मीमा ओखर खानुका यस्ता छन् फाईदाहरु

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. रूसले फेला पार्याे अन्टार्कटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

  • ७. २०८२ साल साउन ०१ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. साउनमा थप घट्यो बैंकको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?

  • ९. सुनको मूल्य स्थिर रहदाँ चाँदीको भने घट्यो

  • १०. घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एसियाको दोस्रो ठूलो गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन, कविता वाचन, गजल लेखन, प्रत्यक्ष गायन र भिडियो छायांकन

 तनहुँ जिल्लाको विमलनगरमा अवस्थित सिद्ध गुफामा विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको उपन्यास ‘मझधार’ लोकार्पण गरिएको छ । सोमबार एक कार्यक्रमबीच कीर्तिमानी लेखक तथा उपन्यसाकार डा. उपाध्याय, कीर्तिमानी गायक तथा सङ्गीतकार सागर अधिकारी ‘शरद’, गायिका काव्य आचार्य उपन्यासका सम्पादक कृष्ण भुसाल, निर्देशक सुभाष प्रधान, युथ क्रियशनका अध्यक्ष रमेश थापा, यमबहादुर थापालगायतको आतिथ्यतामा उक्त कृति लोकार्पण गर्नुभएको थियो । नेपालकै ठूलो भनिएको यो गुफा ४३७ मिटर लामो र ५० मिटर उचाइमा छ । यो एसियाको दोस्रो ठूलो गुफासमेत हो ।

कार्यक्रममा अतिथिले डा. उपाध्यायलाई नयाँ उपन्यासका लागि बधाई तथा शुभकामना दिनुभएको थियो । उपन्यास शिखा बुक्सले बजारमा ल्याएको हो । सो अवसरमा कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायले गुफाभित्रै ‘जीवन जगत’, ‘तिलिचो ताल प्रणयनीरले लबालब’, ‘पवित्रा सिर्जना’ र ‘स्वच्छ हराभरा वातावरण’ जस्ता चार कविता सुनाउनुभएको थियो भने एक गजल ‘मनको चाह’ लेखी तत्काल सुनाउनुभएको थियो । यस्तै उपाध्यायको गीतिएल्बम ‘आवृत’ पनि विमोचन गरिएको थियो । गुफाभित्रै कीर्तिमानी डा.उपाध्यायको गीत ‘चाँदनी चाँदनी’ गायका सागर अधिकारी ‘शरद’ र गायिका काव्य आचार्यले लाइभ प्रस्तुत गनुभएको थियो ।

यसैगरी डा.उपाध्यायकै गीत ‘राखिरहु आखाँमा हरपल’ यो गुफामा छायांकन गरिएको छ । सुभाष प्रधानको निर्देशन रहेको भिडियोमा रमेश थापा ‘टीकाध्वज’ र मञ्जु खडकाको अभिनय रहेको छ । भिडियोलाई विनोद तामाङले छायांकन गर्नुभएको हो । डा.उपाध्यायका अनौठा कार्यलाई यहाँ आउने पर्यटकले रोचक ढंगले हेरिरहेका थिए । काठमाडौंको चाबहिल स्कुलका विद्यार्थीले उक्त कार्यलाई नियालेका थिए । यो गुफामा दैनिक सयौं पयर्टक आउने गर्दछन् ।

पृथ्वी राजमार्गको विमलनगर भन्ने ठाउँबाट आधा घण्टाको पैदल यात्रा गरेपछी यो गुफा पुग्न सकिन्छ । यो नेपालको मात्र नभई एसियाकै ठूलो गुफा मानिन्छ । पृथ्वी राजमार्गको तनहुँको डुम्रेबाट दुई किलोमिटर पूर्वविमलनगरमा अवस्थित सिद्ध गुफा समुद्री सतहबाट ६०० मिटरमाथि विमलनगरको ठीक दक्षिण भागमा पर्छ ।

मानिन्छ यो गुफामा एक सन्त ‘सिद्ध बाबा’ले ज्ञान प्राप्त गर्नुभएको थियो । कालो र डरलाग्दो भए पनि यो गुफाको चर्चा देश विदेशमा छ । यहाँ पुग्ने जोसुकैलाई गुफाले दंग बनाउँछ । गुफाको प्रवेशद्वारमा पुग्ने बित्तिकै भित्रबाट आउने चिसो हावाले पैदल यात्राको सबै दुःख भुलाउँछ । विशाल पहाडको काखमा हरियाली वन जंग्लले घेरिएको प्राचीन तपोभूमि जस्तै अनुभव गर्न सकिने यो ठाउँमा पुगेपछि जो कोहीको मन पुलकित हुन्छ ।

विसं २०४४ चैत १३ गते शनिबार अर्थात् सन् १९८८ मार्च २६ मा स्थानीय चन्द्रबहादुर सम्लिङ थापामगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तात्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रससमेत पाँचजनाको समूहद्वारा पहिलो पटक यो गुफा पत्ता लागेको थियो । जिदी खोला किनारको घनाजंगल क्षेत्रमा रहेको यो गुफाभित्र ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुँड, शिवलिंग र विभिन्न देवीदेवताका आकृति स्पष्ट देख्न सकिन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यातायात कार्यालय नवलपरासीबाट २८ करोड बढी राजस्व सङ्कलन
    अब बेलायतमा १६ बर्षिया किशोर किशोरीले पनि मतदान गर्न पाउने
    ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको प्रथम शिवलिङ्गको कथा

    लोकप्रिय

    २०८२ असार ३० गते साेमवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार ३२ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    गर्मीमा ओखर खानुका यस्ता छन् फाईदाहरु

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    ताजा

    यातायात कार्यालय नवलपरासीबाट २८ करोड बढी राजस्व सङ्कलन

    विचारको आत्मबल, नेतृत्वको आत्मविश्वास — Joint Secretary पदका लागि मदनको वैकल्पिक आवाज

    एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच स्वास्थ्य उपचारमा सहकार्य, १० प्रतिशत छुट उपलब्ध

    राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार, जसकाे ननस्टप १७ फिल्म भएकाे थियाे सुपरहिट

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • यातायात कार्यालय नवलपरासीबाट २८ करोड बढी राजस्व सङ्कलन
    • विचारको आत्मबल, नेतृत्वको आत्मविश्वास — Joint Secretary पदका लागि मदनको वैकल्पिक आवाज
    • एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच स्वास्थ्य उपचारमा सहकार्य, १० प्रतिशत छुट उपलब्ध
    • राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार, जसकाे ननस्टप १७ फिल्म भएकाे थियाे सुपरहिट
    • अब बेलायतमा १६ बर्षिया किशोर किशोरीले पनि मतदान गर्न पाउने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.