अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट १७ जना पक्राउ
जानकारी केन्द्र
२०८०, फाल्गुन, ९
काठमाडौं । कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ८० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ बस्ने ३९ वर्षीय सविन दाहाल र सोही उपमहानगरपालिका-१ बस्ने २६ वर्षीय विवेक गुप्ता रहेका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले से.५ प २०९६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी, कैलाली, कैलारी गाउँपालिका-३ शिबरत्नपुरस्थित जंगलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ८० मिलिग्रामसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ गोबरैला बस्ने ३० वर्षीय सिरन चौधरी र २६ वर्षीय देवान चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदर्थसहित पक्राउ गरेको हो ।
सिरहा, सिरहा नगरपालिका-१७ काली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६३ मिलिग्रामसहित मिर्चैया नगरपालिका-११ सियापुर बस्ने २२ वर्षीय सुरेन्द्र कुमार महरा समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले प्रदेश २-०१-००१ प ५९४६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङबाट अवैध लागूऔषध गाँजा करिब ५४ किलोसहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका-२ बस्ने २७ वर्षीय राजकुमार स्याङ्बो, २४ वर्षीय पलगु राजकुमार स्याङ्बो र २३ वर्षीय राम कुमार स्याङ्बो रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरीले ग.२३ प ६४३८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार राजकुमार र पलगुको साथबाट करिब ३६ किलो गाँजा र बा.प्र.०३-००५ प ८९८४ नम्बरको मोटरसाइकलमा सवार राम कुमारको साथबाट करिब १८ किलो गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-९ ब्रह्मदेब बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम १५ मिलिग्रामसहित भारत बरेली रसोला तालिब हुसेईन महल्ला बस्ने ३५ वर्षीय रहद अहमदलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागूऔषध ब्यूरो महेन्द्रनगर र ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-७ रेलडण्डी कलुवापुर बस्ने ३० वर्षीय नरेन्द्र चुनारालाई अवैध लागूऔषध चरेश २१ ग्राम ६३ मिलिग्राम र खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले चुनारले आफ्नै घरमा संचालन गरेको नरेन्द्र मदिरा बिक्री केन्द्रबाट उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
बाँके, राप्तिसोनारी गाउँपालिका-८ गल्लिकटानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ६ सय मिलिग्रामसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली घोडाघोडी नगरपालिका-५ बस्ने २७ वर्षीय रमेश बडुवाल र २८ वर्षीय गोपाल बम रहेका छन् । प्रहरी चौकी ढकेरीबाट खटिएको प्रहरीले लु.९४ प १२९१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी बाँके, बैजानाथ गाउँपालिका-१ राराबस्ति बस्ने २६ वर्षीय रामलाल भन्ने निकेश रावललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित सडकमा हिड्डुल गरिरहेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
काठमाडौं, चन्द्रागिरी नगरपालिका-५ दुरसंचारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्रामसहित सोही नगरपालका-५ किसिपडी बस्ने बारा महागढीमाई नगरपालिका-४ घर भएका २४ वर्षीय दिलिप कुमार साहलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापा, मेचिनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्रामसहित सोही नगरपालिका-५ घैलाडुब्बा बस्ने २८ वर्षीय मनिष राईलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.२७ प ३८७२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक राईलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
