देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु
जानकारी केन्द्र
२०८०, फाल्गुन, ९
काठमाडौं । दाङ, घोराही उपमहानगरपालिका-१६ सर्रा चोकमा रा.५ प ५४५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक रोल्पा त्रीबेणी गाउँपालिका-५ बस्ने २१ वर्षीय बिबेक पुन र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २४ वर्षीय नेत्र भण्डारी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
नवलपरासी पूर्व, हुप्सेकोट गाउँपालिका-३ बेलाहानीस्थित सडकमा लु.३६ प ५४९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-२ मोहन डाँडा बस्ने २१ वर्षीय पदम बहादुर बयम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सरकारी अस्पताल भरतपुर चितवनमा उपचार भइरहेको छ।
ललितपुर, ललितपुर महानगरपालिका-१५ धापाखेलस्थित सडकमा बा.९५ प ८०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक गोदावरी नगरपालिका-१ गोदाम चौर बस्ने १८ वर्षीय सम्पुर्ण रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोरङ, बुढिगंगा गाउँपालिका-१ स्थित सडकमा प्रदेश १-०२-०४२ प ९८३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार ग्रामथान गाउँपालिका-१ बस्ने २४ वर्षीय शम्भु चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बारा, जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित सडकमा ना.६ ख ३३५२ नम्बरको ट्रक र बा.प्र.०१-०२६ च १३३४ नम्बरको बोलेरो एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा बोलेरोमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा बोलेरो चालक हाल नाम, थर, वतन नखुलेका पुरूष र भारत बिहार राज्य मोतिहारी मधुवन थाना ग्राम कुन्दनपुर बस्ने २८ वर्षीय चन्दन चौहान रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको न्युरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार ३ जनाको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

