आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट्
काठमाडौं ।
देशका विभिन्न ठाँउमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट् भएको नेपाल प्रहरीले बताएको छ । झापा, बुद्धशान्ति गाउँपालिका-६ चुल्ठे पाखा गाउँ बस्ने ५६ वर्षीय सुर्य सुनुवारको घर र भान्सा घरमा मंगलबार बिहान आगलागी हुँदा २ वटा घर, अन्नपात, भाडावर्तन, लत्ताकपडा, काठको सामान बनाउन प्रयोग हुने मेसिनहरु र काठ समेत पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको नेपाल प्रहरीले बताएको छ ।
नेपाल प्रहरीले बताए अनुसार ईलाम नगरपालिका-५ धारापानीस्थित घनेन्द्र मुखियाको घर, किराना पसल र डेरी उद्योगमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा घर, किराना पसल र डेरी उद्योगमा रहेका सरसामान जलेर करिब ८६ लाख २२ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यस्तै गरेर पर्सा, ठोरी गाउँपालिका-४ गोपीबस्ती बस्ने पवन अग्रवालको ऊखुबारीमा मंगलबार दिउँसो आगलागी हुँदा करिब १० लाख १५ हजार रूपैयाँ बराबरको ऊखु जलेर नष्ट भएको नेपाल प्रहरीले पनि जनाएको छ ।
त्यस्तै मोरङ, बिराटनगर महानगरपालिका-१६ स्थित हाल बन्द अवस्थामा रहेको बिराटनगर पुरानो जुटमिलको स्वप्नर ब्लिचिङ डिपार्टमा मंगलबार राति आगलागी हुँदा ३ वटा मेसिन आंशिक रूपमा र कच्चा पदार्थ पूर्णरूपमा जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको बताएको छ ।
यस्तै गरेर दोलखा, बिगु गाउँपालिका-४ लादुक बस्ने फारम बहादुर वलीको घरमा गएराति आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाडावर्तन र नगद ५० हजार रूपैयाँ जलेर करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको साथै ललितपुर, महालक्ष्मी नगरपालिका-४ इमाडोल टेम्पो पार्क नजिक रहेको बिकाश श्रेष्ठको काठ गोदाम र फर्निचरमा गएराति आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
