विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला
काठमाडौं । कञ्चनपुर, भिमदत्त नगरपालिका-९ वडा कार्यालय नजिक हाल एकिन नाम, थर, वतन नखुलेका शंकर भनेर बोलाउने गरिएका करिब ४० वर्षीय भारतीय नागरीक शनिबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले बताएको छ । यसैगरी खोटाङ, रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मा बस्ने ५० वर्षीय ध्यान बहादुर राई सोही ठाउँ बस्ने जितेन्द्र राईको मतान घरमा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीले बताए अनुसार रूपन्देही, सिद्धार्थनगर नगरपालिका-९ संगमपथ बस्ने ७५ वर्षीय प्रेमराज आचार्य सोही ठाउँस्थित नालामा शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै गरेर उदयपुर, उदयपुरगढी गाउँपालिका-७ दमाइकुटे कुईभिर खोलामा सोही गाउँपालिका-७ ससुराली गाँउमा बस्दै आएका रौतामाई गाउँपालिका-८ घर भएका ३८ वर्षीय जमान सिंह लाय मगर शनिबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले बताएको छ ।
ईलाम, माई नगरपालिका-२ झ्याम्टेस्थित भिरमा बर्दिया मधुवन नगरपालिका-९ घर भई झापा दोमुखास्थित सिँचाइको ड्याम बनाउने काम गर्दै आएका २१ वर्षीय समिर थारु शनिबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

