आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । पाँचथर, फाल्गुनन्द गाउँपालिका-१ नर्कटेस्थित सडकमा पार्किङ गरी राखेको को-२ प २१८४ नम्बरको मोटरसाइकलमा शनिबार दिउँसो आगलागी हुँदा मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएको नेपाल प्रहरीले बताएको छ । नेपाल प्रहरीले बताए अनुसार उदयपुर, त्रियुगा नगरपालिका-१० बासँबारी बस्ने राज कुमार उदासको घर नजिकै रहेको परालको टालमा शनिबार दिउँसो आगलागी हुँदा पराल र नजिकै रहेको ब्रोईल कुखुरा फर्म आंशिक रूपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-६ भिमसेन चोकस्थित सडक छेउमा पार्किङ गरी राखेको बा.८३ प २५२८ नम्बरको मोटरसाइकलमा गएराति आगलागी हुँदा मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियनत्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
