आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं ।
नुवाकोट, बेलकोटगढी नगरपालिका-१० धमले बस्ने ५२ वर्षीय रामप्रसाद भन्ने भोजराज तिवारीको अभियान कृषि फर्ममा गएराति आगलागी हुँदा फर्म, कुखुराको चल्ला र दाना समेत पूर्णरूपमा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको नेपाल प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार धनकुटा, चौबिसे गाउँपालिका-८ अठारसय सिरान गाउँ बस्ने ३७ वर्षीय सन्त बहादुर तामाङको घरमा आइतबार साँझ आगलागी हुँदा घर र २ वटा गोठ पूर्णरूपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै गरेर बाँके, खजुरा गाउँपालिका-४ खजुरा बजारस्थित अरुणोदय बोर्डिङ् हाइ-स्कुलको परिसरभित्र पार्किंङ गरी राखेको भे.१ क ३१४ नम्बरको स्कुल बसमा आइतबार बेलुकी आगलागी हुँदा बसको इन्जिन भाग पूर्णरूपमा जलेर नष्ट भएको छ प्रहरीले जनाएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

