आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं ।
नुवाकोट, बेलकोटगढी नगरपालिका-१० धमले बस्ने ५२ वर्षीय रामप्रसाद भन्ने भोजराज तिवारीको अभियान कृषि फर्ममा गएराति आगलागी हुँदा फर्म, कुखुराको चल्ला र दाना समेत पूर्णरूपमा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको नेपाल प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार धनकुटा, चौबिसे गाउँपालिका-८ अठारसय सिरान गाउँ बस्ने ३७ वर्षीय सन्त बहादुर तामाङको घरमा आइतबार साँझ आगलागी हुँदा घर र २ वटा गोठ पूर्णरूपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै गरेर बाँके, खजुरा गाउँपालिका-४ खजुरा बजारस्थित अरुणोदय बोर्डिङ् हाइ-स्कुलको परिसरभित्र पार्किंङ गरी राखेको भे.१ क ३१४ नम्बरको स्कुल बसमा आइतबार बेलुकी आगलागी हुँदा बसको इन्जिन भाग पूर्णरूपमा जलेर नष्ट भएको छ प्रहरीले जनाएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
