• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ बैशाख २०८३, आइतबार
२७ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु
  • ६ घण्टा 

सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने वृद्धि : कतिमा हुँदैछ कारोबार ?
  • ८ घण्टा 

पोखरामा जेसीबीको पश्चिम बजार विस्तार, १२ युनिट हस्तान्तरण
  • ९ घण्टा 

टर्किस एयरलाइन्सको जहाजमा आगलागीपछि अवरुद्ध त्रिभुवन विमानस्थल डेढ घण्टापछि पुन : सञ्चालनमा
  • १० घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १० घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १० घण्टा 

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
  • २३ घण्टा 

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
  • १ दिन 

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण

  • २. घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ३. कालंगा हाइड्रोको आईपीओ जेठ ८ देखि खुल्ने, सर्वसाधारणका लागि कति ?

  • ४. नारायणगढ-मुग्लिन सडकमा सुख्खा पहिरो, यातायात अवरुद्ध

  • ५. पोखरामा जेसीबीको पश्चिम बजार विस्तार, १२ युनिट हस्तान्तरण

  • ६. नाडाद्वारा उद्योग, वाणिज्य तथा आपूति मन्त्रीसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • ७. Xiaomi has finally introduce it’s new phone REDMI A7 Pro with special features

  • ८. नबिल बैंकको ‘स्मार्ट नारी घर कर्जा’ योजना : महिलालाई घर स्वामित्वमा सशक्त बनाउँदै

  • ९. सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • १०. MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १९ जना पक्राउ

जानकारी केन्द्र २०८०, फाल्गुन, १४

काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १९ जना पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ पिपलडाँडा बस्ने ३० वर्षीय सनतराज बोगटीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ६ सय मिलिग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले बताएको छ । लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र अस्थायी प्रहरी पोष्ट लाटिकोइलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कञ्चनपुर, पुनर्वास नगरपालिका-११ रामजानकी टोलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने २८ वर्षीय बिराट रावललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-००९ प २१९९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ ।

यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ७२ मिलिग्रामसहित कृष्णपुर नगरपालिका-२ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । अस्थायी प्रहरी पोष्ट सुकासालबाट खटिएको प्रहरीले सु.प.प्र.०२-००३ प ५१३६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । त्यस्तै गरेर कञ्चनपुर, भिमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर ६७ मिलिग्रामसहित सोही नगरपालिका-१८ भगतपुर बस्ने २३ वर्षीय भुवन मगर समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । ईलाका प्रहरी कार्यालय गडडाचौकी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दाङ, घोराही उपमहानगरपालिका-१८ फुर्सेखालीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय सनम कुमार बुढा र सोही उपमहानगरपालिका-१४ जनचेतना टोल बस्ने ३२ वर्षीय बिजय कुमार बुढा रहेका छन् । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले सनमको घरको तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । यसैगरी सर्लाही, बागमती नगरपालिका-१२ बाट अवैध लागूऔषध गाँजा ५ केजी २ सय १० ग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय निशान घिसिङ समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको बताइएको छ । ईलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले प्रदेश २-०४-००१ प ९५६२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै मोटरसाइकलमा सवार हाल फरार एक जनाको प्रहरीले खोजी गरिरहेको छ । थप अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न सिन्धुली हरिहरपुरगढी गाउँपालिका-४ बस्ने १९ वर्षीय रूपेश लामालाई बागमती नगरपालिका-११ पुतली चोकबाट प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै गरेर सर्लाही, हरीवन नगरपालिका-१० बस्ने ५३ वर्षीया फुलमायाँ घिसिङलाई अवैध लागूऔषध गाँजा करिब ३ सय ३५ ग्राम र नगद ३ लाख ७९ हजार ३ सय २५ रूपैयाँसहित आइतबार राति प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनको किराना पसलको तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । हाल फरार फुलमायाँका श्रीमान्‌को प्रहरीले खोजी गरिरहेको बताइएको छ । तनहुँ, शुक्लागण्डकी नगरपालिका-८ गणपतेबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४ एम्पुल, नुर्फिन ४ एम्पुल, फेनारगन ४ एम्पुल र नगद १ लाख ४० हजार ५ सय रूपैयाँसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय राजकुमार सेन र सोही नगरपालिका-४ बस्ने २८ वर्षीय आशिष राना रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको बताइएको छ ।

प्रहरीका अनुसार झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-२ सुनखरी बस्ने ३३ वर्षीय प्रविन तामाङ र ४५ वर्षीया कलमा तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । यसैगरी झापा, मेचिनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ गाउँपालिका-९ बस्ने २८ वर्षीय डिक बहादुर कार्की र मोरङ मधुमल्ला तोरीवारी बस्ने २२ वर्षीया नाईरा भन्ने कोशिस तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०४१ प १०३८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ ।

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु ३ किलोसहित सर्लाही गोरहिता नगरपालिका-६ बस्ने ३८ वर्षीय दिनेश बैठालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले बा.प्र ०३-००६ ख ५३४४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु
सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने वृद्धि : कतिमा हुँदैछ कारोबार ?
पोखरामा जेसीबीको पश्चिम बजार विस्तार, १२ युनिट हस्तान्तरण

ताजा

आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु

सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने वृद्धि : कतिमा हुँदैछ कारोबार ?

पोखरामा जेसीबीको पश्चिम बजार विस्तार, १२ युनिट हस्तान्तरण

टर्किस एयरलाइन्सको जहाजमा आगलागीपछि अवरुद्ध त्रिभुवन विमानस्थल डेढ घण्टापछि पुन : सञ्चालनमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.