छुट्टाछुट्टै स्थानमा चार जना मृत अवस्थामा फेला
काठमाडौं ।
काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलस्थित टहराको पेटीमा मोरङ पथरीशनिश्चरे-१० घर भएका ४७ वर्षीय देवराज गौतम आइतबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार नुवाकोट, बिदुर नगरपालिका-७ तुप्चे बस्ने ४८ वर्षीय थंक बहादुर सुबेदी किस्पाङ गाउँपालिका-५ जयडाँडास्थित सोले काउले लामीडाँडा भिरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै गरेर झापा, अर्जुनधारा नगरपालिका-५ बस्ने ४१ वर्षीय लब लाल राजबंशी बिर्तामोड नगरपालिका-२ साङ्गबेद टोलस्थित आफ्नै काका मलिक लाल राजबंशीको घरमा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कालिकोट, शुभकालिका गाउँपालिका-२ भर्तागार्ड खोलाको भुनछहरा दहमा सोही गाउँपालिका-३ पर्जै बस्ने ३७ वर्षीय प्रेम मगर आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
