डुबेर मृत्यु
काठमाडौं । रूपन्देही, शुद्धोधन गाउँपालिका-३ सखुवानीस्थित न्यू कामना इटा उद्योग नजिकै पानीको खाल्डोमा डुबेर सोही उद्योगमा काम गरी बस्ने भारत बलरामपुर घर भएका सफिक राईनीको छोरा ९ महिनाको रन्जाम राईनीको आइतबार दिउँसो मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । डुबेर अशक्त भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कास्की, पोखरा महानगरपालिका-१७ महतगौडास्थित सेती नदीमा डुबेर सोही महानगरपालिका-१ कस्केरी बस्ने ४० वर्षीय मंगा तामाङको आइतबार राति मृत्यु भएको छ । माछा मार्ने क्रममा मंगा तामाङ र सोही ठाउँ बस्ने ४३ वर्षीय रक्से तामाङ डुबेर वेपत्ता भएका भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम, गण्डकी प्रदेश प्रहरी गण पोखरा र सशस्त्र प्रहरी बल समेतको टोलीले खोजी गर्ने क्रममा मंगाको शव फेला परेको प्रहरीले जनाएको छ । रक्से तामाङको खोजी भइरहेको बताइएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले बताएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
