माओवादीले तोक्यो प्रदेश इन्चार्ज र सहइन्चार्ज, कुन प्रदेशमा को ?
काठमाडौं। नेकपा (माओवादी केन्द्र्र) को स्थायी कमिटी बैठकले प्रदेशको इन्चार्ज र सहइन्चार्ज तोकेको छ । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार कोशी प्रदेशको इन्चार्जमा पार्टी उपमहासचिव हरिबोल गजुरेल र सहइन्चार्जको जिम्मेवारी शावित्री कुमार काफ्लेलाई दिएको छ ।
त्यसैगरी, मधेश प्रदेशको इन्चार्जमा पार्टी सचिव लिलामणि पोखरेल, सहइन्चार्जमा स्थायी कमिटी सदस्य विश्वनाथ साह, बागमती प्रदेशको इन्चार्जमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटालाई जिम्मेवारी तोकिएको छ । बागमतीको सहइन्चार्ज कसलाई बनाउने भन्ने निर्णय हुन बाँकी रहेको छ ।
त्यसैगरी, गण्डकी प्रदेशमा पार्टी सचिव दिनानाथ शर्मालाई इन्चार्जको जिम्मेवारी दिइएको छ । गण्डकीको सहइन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य हरिराज अधिकारीले पाएका छन् । लुम्बिनी प्रदेशको इन्चार्जमा चक्रपाणि खनाल र सहइन्चार्जमा स्थायी कमिटी सदस्य कूलप्रसाद केसी, कर्णाली प्रदेश इन्चार्जमा कालीबहादुर मल्लले जिम्मेवारी पाएका छन् । त्यस्तै कर्णालीमा सहइन्चार्ज टुङ्ग्याउन बाँकी रहेको छ ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरीराजमणि पोखरेल इन्चार्ज र सहइन्चार्ज केन्द्रीय सदस्य विना मगरालाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै, प्रवास प्रदेश समिति मध्यपूर्वको इन्चार्ज उपाध्यक्ष पम्फा भुसाल, प्रवास प्रदेश समिति भारतको इन्चार्ज लक्ष्मण पन्त र सहइन्चार्ज टिबी पाठक, प्रवास प्रदेश समिति युरोप–अमेरिकाको इन्चार्ज सुरेन्द्र कुमार कार्की, विशेष प्रदेश समिति इन्चार्ज हितमान शाक्य, सहइन्चार्ज यशोधा सुवेदीलाई जिम्मेवारी दिइएको छ ।
सम्बन्धित समाचार
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

