Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, फाल्गुन, १७
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । कपिलवस्तु, बुद्धभुमी नगरपालिका-४ स्थित सडकमा लु.३ च ४३८३ नम्बरको पिकअपले लु.१३ प १८१९ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका-२ घर भई बुद्धभुमी नगरपालिका-४ बुढ्डी चोक बस्ने ५५ वर्षीय सितल कहारको मृत्यु भएको नेपाल प्रहरील बताएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको छ। पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

प्रहरीका अनुसार झापा, मेचिनगर नगरपालिका-४ कालिखोलास्थित सडकमा साईकलबाट लडेर साइकलयात्री सोही नगरपालिका-५ बस्ने ५० वर्षीय काले कुमालको बुधबार साँझ मृत्यु भएको छ । साइकलबाट लडेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

यस्तै गरेर चितवन, रत्ननगर नगरपालिका-९ स्थित सडकमा प्रदेश २-०३-००१ ख ६९९६ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूषको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल प्रहरीले बताएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स