काठमाडौं ।
रूपन्देही, देवदह नगरपालिका-५ खैरेनी घर भई बुटवल उपमहानगरपालिका-३ चिडियाखोला बस्ने २५ वर्षीय सूर्य घर्तीको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । आफ्नै घरको विजुलीको स्विच अन गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
प्रहरीका अनुसार कालिकोट, नरहरिनाथ गाउँपालिका-८ थाडाबाटस्थित विद्युतको पोल सार्ने क्रममा करेन्ट लागेर सोही ठाउँ बस्ने ४३ वर्षीय केशवराज थापा र २५ वर्षीय गंग थापाको शनिबार बिहान मृत्यु भएको छ । पोल सार्ने क्रममा राष्ट्रिय प्रसारणको मुख्य तारलाई छुन जाँदा करेन्ट लागेर उनीहरूको घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।


