आगलागीमा जलेर ५ वर्षीय बालकको मृत्यु
जानकारी केन्द्र
२०८०, फाल्गुन, २७
तनहुँ ।
ऋषिङ गाउँपालिका-६ दाउन्ने बस्ने ऋषिराम थापा मगरको गोठमा शुक्रबार दिउँसो आगलागी हुँदा उक्त आगलागीमा जलेर ऋषिरामको नाती ५ वर्षीय शिशिर थापाको मृत्यु भएको नेपाल प्रहरीले बताइको छ । प्रहरीका अनुसार घरमा कोही नभएको अवस्थामा ती बालकले गोठभित्र सुकेको पराल, काठ दाउरा समेत रहेको स्थानमा लाईटर खेलाउने क्रममा गोठमा आगलागी भएको बुझिन आएको छ। आगलागीबाट गोठ पूर्ण रूपमा जलेर करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
