राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित
जानकारी केन्द्र
२०८०, फाल्गुन, २९
काठमाडौं । राष्ट्रिय सभाको अध्यक्ष पदमा नारायण दाहाल निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धन दलबाट साझा उम्मेदवार बनेका दाहालले ३९ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।
उनलाई नेकपा (माओवादी केन्द्र) नेकपा (एमाले), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले मतदान गरेका थिए ।दाहाल राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्य थिए । उनको कार्यकाल चार वर्ष बाँकी छ।
अध्यक्ष पदका अर्का प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माले १७ मत प्राप्त गरे । उनलाई प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टीका सांसदको पनि समर्थन थियो ।




सम्बन्धित समाचार
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

