नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । साताको कारोबारको तेस्रो दिन आज नेप्से परिसूचक २१ सयको विन्दुमा उक्लिएको छ । सोमबार सार्वजनिक बिदाको कारण बन्द भएको सेयर बजारमा आज उछाल आएको हो ।
आज नेप्से परिसूचक ५८ दशमलव ५८ अंकले बढेर २१११ दशमलव २४ को विन्दुमा पुगेको छ । आज ३०५ कम्पनीका ८२ हजार ७ सय ४६ पटकको कारोबारमा १ करोड ६० लाख ९ हजार ५ सय ९७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३ सय ४७ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १० दशमलव ६० अंकले बढेर ३७५ दशमलव १३ को विन्दुमा पुगेको छ ।
आज हाइड्रोपावर कम्पनीहरूको ३३ लाख ६४ हजार ७ सय २५ कित्ता सेयर खरिद बिक्रीमा १ अर्ब ६१ करोड ९५ लाख ९ हजार १ सय ४१ रुपैयाँको कारोबार भएको छ। यो आज भएको कारोबार मध्ये सबैभन्दा बढी कारोबार गर्ने क्षेत्र हो । भने, सबैभन्दा कम कारोबार गर्नेमा कर्पोरेट डिभेन्चरहरु रहेका छन् ।
सम्बन्धित समाचार
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
