महोत्तरी ।
जलेश्वर नगरपालिका-३ पश्चिम मल्लिबारा बस्ने मंगल पाण्डेकी छोरी २ वर्षीया रूचि पाण्डेको सोही ठाउँस्थित सार्वजनिक पोखरीमा डुबेर बुधबार बिहान मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार डुबेर अशक्त भएकी उनको उपचारको लागि प्रादेशिक अस्पताल जलेश्वरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
पोखरीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु
पोखरीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


