विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला
जानकारी केन्द्र
२०८०, चैत्र, १
काठमाडौं ।
मकवानपुर, थाहा नगरपालिका-१० स्थित तल्लो बिसिङ्गखेल बस्ने ५० वर्षीया ज्ञानीमाया गमाल आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार झापा, गौरीगंज गाउँपालिका-४ हुक्कागाछी बस्ने ५४ वर्षीय अनत लाल साह सोही ठाउँस्थित बाटोको नालामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी गोरखा, अजिरकोट गाउँपालिका-५ गाडाँपानीस्थित खोल्सामा सोही गाउँपालिका मुच्चोकटार बस्ने ५५ वर्षीया उमा देवकोटा बुधबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार, ललितपुर महानगरपालिका-१८ चोभारस्थित बाग्मती खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
