हत्यामा संलग्न रहेको अभियोगमा झापामा दुई जना पक्राउ
झापा । गौरादह नगरपालिका-७ योगिटार बस्ने ८२ वर्षीया नरमाया बिश्वकर्माको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको बताइएको छ । पक्राउ पर्नेहरूमा मृतककै नाती १८ वर्षीय किशोर र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
गत शनिबार घरबाट हराएकी नरमायाको खोजी गर्ने क्रममा आफ्नै घर पछाडी रहेको गुवालीमा खाल्डो खनेर गाडेको अवस्थामा बुधबार शव फेला परेको नेपाल प्रहरीले बताएको छ । घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरीले हत्यामा संलग्न उनीहरूलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार शनिबार राति शौचालय जान उठेकी नरमायालाई फलामको रड प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको र हजुरआमाको मृत्यु भए पश्चात आफ्नो साथीको सहयोगमा घर नजिकै रहेको गुवालीमा खाल्डो खनेर गाडेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

