Jankari Kendra
१० आश्विन २०८३, शनिबार
Worldlink

रुसमा आज राष्ट्रपति पदका लागि निर्वाचन हुँदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, २
रुसमा आज राष्ट्रपति पदका लागि निर्वाचन हुँदै

काठमाडौं। रुसमा आज राष्ट्रपति पदका लागि निर्वाचन हुदैछ । निर्वाचनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पाँचौँ पटक पुनः सत्ता सम्हाल्ने आँकलन गरिएको छ ।

निर्वाचनपछिको जितले उनलाई कम्तीमा सन् २०३० सम्म क्रेमलिनमा बस्न अनुमति दिनेछ । यो १८औँ शताब्दीमा क्याथरिन दि ग्रेटपछि कुनै पनि रुसी नेताको लामो शासन अवधि हो ।

मतदानको पूर्व सन्ध्यामा रुसी जनतालाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले देशमा कठिन समयमा हुने निर्वाचनमा मतदान गर्न रुसी जनतासँग आग्रह गरेका छन्। लामो समयसम्म सेवारत पुटिनले एक पटक पुनः सत्तामा आफ्नो पकड बलियो बनाउन चाहेका छन् ।

उनले युक्रेनबाट हालै कब्जा गरिएका चार क्षेत्रका साथै सन् २०१४ मा मस्कोले कब्जा गरेको क्रिमिया प्रायद्वीपमा पनि मतदान हुने बताए। पुटिनका कट्टर आलोचक एलेक्सी नभाल्नीको गत महिना आर्कटिक कारागारमा मृत्यु भएको थियो।

Top Changing Nepal

युट्युब सट्स