साताको कारोबारको पहिलो दिन दोहोरो अंकले घट्यो नेप्से
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आज नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १० दशमलव ६२ अंकले घटेर २०७० दशमलव २५ को विन्दुमा पुगेको छ ।
आइतबार ३०४ कम्पनीका ६३ हजार ९ पटकको कारोबारमा ८४ लाख ६ हजार ०७६ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम भने ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३८४ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज क वर्गका कम्पनीका मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५५ अंकले घटेर ३६८ दशमलव २५ को विन्दुमा पुगेको छ ।
आइतबार म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ (विनिर्माण र प्रशोधन)को जम्मा कारोबार ८१ करोड ६७ लाख ३८ हजार ६ सय ५७ रुपैयाँ रहेको छ, जुन आजको कारोबार गर्ने सम्पूर्ण समूहहरू भन्दा बढी हो ।
भने, हाइड्रोपावर कम्पनीहरूका समूहले ७४ करोड ८७ लाख ६ हजार ९ सय ५४ रुपैयाँको कारोबार गरेका छन् । त्यस्तै, आज सबैभन्दा कम कारोबार गर्ने कम्पनीहरूको समूहमा कर्पोरट डिभेन्चरहरु रहेका छन् । जसको कारोबार रकम १९ लाख १३ हजार ७ सय ८ रुपैयाँ रहेको छ ।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
