एम ए डब्लु वृद्विले नेपालमा नयाँ इलेक्ट्रिक माइक्रो सोकोन ल्याउदै
काठमान्डौ
दिपक गौतम/ जानकारी केन्द्र
नेपालमा विश्व बिख्यात ब्राण्डका सवारी साधनहरुको आयत तथा बिक्रिवितरण गर्दै आएको एम ए डब्लु वृद्विले सेरेज ब्र्राण्डको सोकोन इसि ३६ इलेक्ट्रिक भ्यान ११ सिटर नेपालमा भित्राउन लागेको बताएको छ । उक्त माइक्रो भ्यान निर्माता कम्पनी चोङकिङ सोकोन इन्डस्ट्रियल ग्रुप रहेको छ । उक्त चोङकिङ सोकोन इन्डस्ट्रियल ग्रुप सन् १९८६ मा स्थापना भएको हो भने चिनका शीर्ष ५०० उधोगहरु मध्ये एकको रुपमा रेंकिंगमा रहेको बताइएको छ ।
यो ग्रुप चिनको माइक्रो सेग्मेन्ट भेइकल निर्यात बजारमा अग्रणी रहेको दावी कम्पनीको रहेको छ भने सेरेज समूहको गाडीले युरोपेली संघको प्रमाणीकरण प्राप्त गर्ने पहिलो चीनीया अटोमोटिभ ब्राण्डहरू मध्ये एकको रूपमा पहिचान पनि पाएको बताइएको छ।
यस समूहले स्मार्ट इलेक्ट्रिक गाडीहरू, सुपर अर्बन यस यु भि, कम्प्याक्टएम पी भि , इलेक्ट्रिक लाइट कमर्शियल गाडी निर्माण गरेर उत्पादनहरू ७० भन्दा बढी देशहरू मा बिक्रिवितरण गर्दै आएको बताएको छ । नेपालका लागी आधिकारीक विक्रेता कम्पनी एम ए डब्लु वृद्विले , सोकोन इसि ३६ इलेक्ट्रिक भ्यान ११ सिटर चाँडै नै सार्वजनिक गर्ने योजना भैरहेको र अप्रिल महिना देखि बिक्री वितरण सुरु गर्ने पनि योजना रहेको कम्पनीले जानकारी दिएको छ ।
एम ए डब्लु वृद्विले ले नेपालको सबैभन्दा ठूलो अटोमोबाइल समूह मध्ये एक हो । जसले यमाहा, जे सि बि, स्कोडा, जिप, आइचर, चांगगान,फेइट,सेरेज,फोटोन लगायतका अन्तर्राष्ट्रिय ब्राण्डहरूको बिक्रिबितरण गर्दै आएको छ भने देशभरी ३५० भन्दा बढी टच प्वाइन्टहरू रहेको कम्पनीले बताएको छ ।
नेपालमा लगातार विभिन्न ब्राण्डका बिद्युतिय माइक्रो एक पछि अर्को भित्रिदै आइरहेको सन्दर्भमा बिभिन्न माइक्रो कम्पनी सम्बन्धि प्रयोग कर्ताहरुको मिश्रित प्रतिक्रिया आइरहेको सन्दर्भमा नेपालको लागि उपयुक्त दाबी गर्दै भित्राउन लागिएको सेरेज ब्र्राण्डको सोकोन इसि ३६ इलेक्ट्रिक भ्यान ११ सिटरले नेपाली बजारमा अलग्गै पहिचान बनाउने दाबी नेपालका लागी आधिकारीक विक्रेता कम्पनी एम ए डब्लु वृद्विकोे रहेकोे छ ।
सम्बन्धित समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
