छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं ।
तुलसीपुर उपमहानगरपालिका-१२ ग्वारखोलास्थित सडकमा रा.१ त १५५९ नम्बरको ट्याक्टरको ठक्करबाट बाँके नेपालगंज उपमहानगरपालिका-६ बस्ने अबदुल जबरारको छोरी ३ वर्षीया सुबिना बानुको आइतबार दिउँसो मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
प्रहरीका अनुसार सूर्योदय नगरपालिका-१२ मलिमस्थित सडकमा मे.१ ह ४६८९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा आटोमा सवार सोही ठाउँ बस्ने ५६ वर्षीया मन कुमारी प्रधानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिर्तासिटी अस्पताल झापामा उपचारको क्रममा मृत्यु भएको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
