छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं ।
तुलसीपुर उपमहानगरपालिका-१२ ग्वारखोलास्थित सडकमा रा.१ त १५५९ नम्बरको ट्याक्टरको ठक्करबाट बाँके नेपालगंज उपमहानगरपालिका-६ बस्ने अबदुल जबरारको छोरी ३ वर्षीया सुबिना बानुको आइतबार दिउँसो मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
प्रहरीका अनुसार सूर्योदय नगरपालिका-१२ मलिमस्थित सडकमा मे.१ ह ४६८९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा आटोमा सवार सोही ठाउँ बस्ने ५६ वर्षीया मन कुमारी प्रधानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिर्तासिटी अस्पताल झापामा उपचारको क्रममा मृत्यु भएको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

