ललितपुर ।
ललितपुर महानगरपालिका-२६ ढोलाहिटी बस्ने सुनसरी धरान घर भएका २८ वर्षीय रोबस राई र पाँचथर घर भई ललितपुर खुमलटार बस्ने ३० वर्षीय पूजन राईको धारिलो हतियार प्रहारबाट आइतबार राति मृत्यु भएको नेपाल प्रहरीले बताएको छ। प्रहरीका अनुसार ललितपुर महानगरपालिका-२६ ढोलाहिटी राजकुलो ओसिस मार्गस्थित साथी साथीबिच मादक पदार्थ सेवन गरी धारिलो हतियार प्रहार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले रोबसलाई उपचारको लागि पाटन अस्पताल र पूजनलाई सुमेरू अस्पताल धापाखेल पठाएकोमा दुवै जनाको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीले झै-झगडामा शंकास्पद १८ जना पुरूषलाई १ थान चक्कु र ६ वटा मोटरसाइकलसहित नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
ललितपुरमा धारिलो हतियार प्रहारबाट दुई जनाको मृत्यु
ललितपुरमा धारिलो हतियार प्रहारबाट दुई जनाको मृत्यु

तपाईको प्रतिक्रिया