ललितपुरमा धारिलो हतियार प्रहारबाट दुई जनाको मृत्यु
जानकारी केन्द्र
२०८०, चैत्र, १२
ललितपुर ।
ललितपुर महानगरपालिका-२६ ढोलाहिटी बस्ने सुनसरी धरान घर भएका २८ वर्षीय रोबस राई र पाँचथर घर भई ललितपुर खुमलटार बस्ने ३० वर्षीय पूजन राईको धारिलो हतियार प्रहारबाट आइतबार राति मृत्यु भएको नेपाल प्रहरीले बताएको छ। प्रहरीका अनुसार ललितपुर महानगरपालिका-२६ ढोलाहिटी राजकुलो ओसिस मार्गस्थित साथी साथीबिच मादक पदार्थ सेवन गरी धारिलो हतियार प्रहार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले रोबसलाई उपचारको लागि पाटन अस्पताल र पूजनलाई सुमेरू अस्पताल धापाखेल पठाएकोमा दुवै जनाको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीले झै-झगडामा शंकास्पद १८ जना पुरूषलाई १ थान चक्कु र ६ वटा मोटरसाइकलसहित नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

