आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं ।
बडिमालिका नगरपालिका-६ कोर्ध बस्ने अमर बडुवाल र बल बहादुर बडुवालको सँगै जोडिएको घरमा विद्युत तार सर्ट भई आइतबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको नेपाल प्रहरीले बताएको छ । क्षतिको विवरण हाल खुलेको छैन् । प्रहरीका अनुसार रामग्राम नगरपालिका-५ बुद्धचोकस्थित पृथ्वी चन्द्र अस्पताल परासीको प्रयोगशाला कक्षभित्र एसिमा जोड्ने विजुलीको तार सर्ट भई आइतबार राति आगलागी हुँदा कोठाभित्र रहेका सामानहरू आंशिक रूपमा जलेर नष्ट भएका छन् । क्षतिको विवरण हाल खुलेको छैन् ।
यसैगरी बिथ्थडचिर गाउँपालिका-९ बागथलास्थित सोही ठाउँ बस्ने भान बहादुर बिष्टको होटल र खुद्रा पसलमा आइतबार राति आगलागी भएको नेपाल प्रहरीले बताएको छ । क्षतिको विवरण हाल खुलेको छैन् । प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका-२ मैनाबगर ग्यारेजलाईनस्थित तिलोत्तमा नगरपालिका-३ बस्ने ७१ वर्षीय अर्जुन पोख्रेलको यसोदा सप्लायर्स मोटर पार्टसमा करेन्ट सर्ट भई आइतबार राति आगलागी भएको छ । साथै उक्त आगो फैलिएर सोही ठाउँस्थित प्युठान, प्युठान नगरपालिका-३ घर भएका ३० वर्षीय खुम बहादुर थापाको प्युठान होटलमा समेत आगलागी भएको छ । आगलागीबाट होटल तथा मोटर पार्टस् पसलका सामानहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ । क्षतिको विवरण हाल खुलेको छैन् । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
