सुनसरी । ईटहरी उपमहानगरपालिका-३ सुनौलो टोल बस्ने हरेराम ऋषिदेवको घरमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको नेपाल प्रहरीले बताएको छ। प्रहरीका अनुसार उक्त आगो फैलिएर सोही ठाउँ बस्ने कमला विकको घर र घरमा रहेको किराना पसल समेत जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
आगलागीबाट १४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट
आगलागीबाट १४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट
तपाईको प्रतिक्रिया