चक्कु प्रहार गरी युवकको हत्या गरेको घटनामा संलग्न चार जना पक्राउ
ललितपुर । ललितपुर महानगरपालिका-२६ ढोलाहिटीमा सुनसरी धरान उपहानगरपालिका-१३ जिरो घर भएका २८ वर्षीय रोवश राई र पाँचथर मिक्लाजुङ गाउँपालिका-६ घर भएका २७ वर्षीय पुजन राईको धारिलो हतियार चक्कु प्रहारबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा खोटाङ साकेला गाउँपालिका-२ सेखुवा घर भई ललितपुर महानगरपालिका-२६ जैनखेल बस्ने डि पोपिना रेष्टुरेन्टका संचालक ३१ वर्षीय बिजय राई, खोटाङ साकेला गाउँपालिका-२ रतन्छा घर भई ललितपुर महानगरपालिका-१५ खुमलटार बस्ने डि पोपिनाका संचालक ३० वर्षीय सुलभ राई, भोजपुर ट्याम्केमयुङ गाउँपालिका-२ अन्नपूर्ण घर भई ललितपुर महानगरपालिका-२६ जैनखेल बस्ने ३८ वर्षीय बिशाल हाङ मुकारूङ राई र काठमाडौं गोकर्णेश्वर नगरपालिका-११ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-६ सानागाउँ बस्ने २५ वर्षीय छेङ्वीहाङ राई रहेका छन् । साथै प्रहरीले थप अनुसन्धानको लागि अन्य ८ जनालाई समेत नियन्त्रणमा लिएको बताइएको छ ।
ललितपुर ढोलाहिटीस्थित डि पोपिना रेष्टुरेन्टमा युवाहरूको समूह बिच विवाद हुँदा रेष्टुरेन्टका संचालक बिजय राई समेतले रेष्टुरेन्ट भान्सामा रहेको चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका पुजनको सुमेरू अस्पतालमा र रेवशको पाटन अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले हाल फरार घटनाको मुख्य प्रतिवादीहरूलाई भगाउने १ जना व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

